सागर परियार जुम्ला ।
अविरल वर्षाका कारण आएकाे बाढीले जुम्लाका अधिकांश मार्सि धान राेपेका खेतहरु डुबानमा परेका छन् । भने,जिल्लाभरका दर्जनाै काठेपुल बाढीले बगाउँदा अावतजावत ठप्प भएकाे छ ।
भने,एक नगरपालिका सहित सात गाउँपालिकाका विभिन्न मार्सिफाँट डुबानमा परेपछि भित्राउनै लागेकाे जुम्ली मार्सिधान नष्ट भएकाे हाे ।जसमा ताताेपानी गाउँपालिका वडा नं.२ र ३ मा पर्ने लाछु ज्युलाेका २ सय बढी मार्सि राेपेका खेत डुवानमा परेकाे स्थानीय धन बहादुर बुढाले बताए ।
उनका अनुसार दुई वडाका करिब डेढ सय किसानका खेत डुवामा परेकाे छन् । १/२ दिनमै मार्सिधान भित्राउने तयारी थियाे । उनले भने,”पहिलाे पटक कार्तिक महिना यति ठुलाे बाढी आयाे । मार्सि संगै वर्षभरिकाे मेहेनत पनि बग्याे । भित्राउन लागेकाे धान नष्ट हुँदा किसानले ठुलाे घाटा व्यवहाेर्नु परेकाे छ।”
प्रकृतिले पनि जुम्लालाई धाेकाे दिएकाे भन्दै बर्सेनि हुने डुवानकाे समस्यालाई न्युनिकरण गर्न स्थानिय तहले ठाेस याेजना बनाउनु पर्नेमा उनकाे जाेड छ ।
त्यसका साथै ताताेपानी १ कै बाईराँका ज्युलाेमा पनि डुवानमा परेकाे छ । करिब १५० मुरि खेतका धान बाढीले बगाएकाे छ । भने,ताताेपानी ४ गिडिखाेलामा ३ वटा काठेपुल बगाउँदा अावतजावतमा समेत समस्या भएकाे स्थानीय जगदीश नेपालीले बताए ।
उनले भने,” काटेर खेतमै राखिएकाे १ सय भारी खेतका धान पनि बगाएकाे छ । गिडिखाेलाबाट बग्ने नदीकाे बहाफ बढेपछि ३ वटा काठेपुल बगेका छन् । काटेकाे धान बग्दा किसान चिन्तित छन् ।”
भने,२ सय २० किलाेवाट क्षमता बत्तिकाे बाँध समेत बाढीले बगाएपछि विधुत अबराेध भएकाे नेपालीले जानकारी दिए ।
साथै,बाढीले चन्दननाथ नगरपालिका,गुठिचाैर गाउँपालिका र सिंजा क्षेत्रका ३ स्थानीय तहमा कतै काटेका धान बगाएकाे छ । कतै काट्ने तयारीमै रहेकाे मार्सिफाँट डुवानमा परेका छन् ।
जुम्लामा पहिलाे पटक कार्तिकमा आएकाे बाढीले मार्सिधानमा ठुलाे क्षति गरेकाे कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकाेटाले बताए । उनले भने,”विगतकाे भन्दा मार्सि उत्पादन घट्ने निश्चित भएकाे छ । विश्व बजारमा माग बढ्दै गएकाेले यश वर्ष मार्सि अापुर्तिमा समस्या हुने देखियाे ।”
बाढीबाट प्रभावित किसानलाई स्थानिय तह,प्रदेश सरकार,विषयगत कार्यालयबाट राहत प्रदान गर्नका लागि पहल गर्नुपर्ने देवकाेटाकाे भनाई छ ।