हवाईसेवामा मनपरीःसर्वसाधारणलाई टिकट पाउन मुस्किल


सागर परियार जुम्ला ।
जुम्लाको हवाई सेवा सुधारका लागि पटक पटक छलफल बहस र निर्णय भएपनि अझै सुधार हुन सकेको छैन् । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै भरमा टिकट बुकिङ हुने हप्तादिन देखि धाईरहेका सर्वसाधारणले टिकट नपाउने समस्या अझै विद्यमान छ ।

मनपरी भाडा लिने,आफ्नो चिनेका मात्र टिकट दिने तर अघिल्लो पर्खेका गाउँका नागरिकलाई विभिन्न बाहनामा घर फर्काउने,सेडुल अनुसार उडान नभर्ने,सम्झौता अनुसार नियमित उडान नगर्ने जस्ता थुप्रै बेथिती जुम्ला विमानस्थलमा छन् ।

नेता प्रहरी प्रशासनलाई भनेकै बेला टिकट पाईने भएकोले आम नागरिकले हवाई सेवामा भोगिरहेको समस्या प्रति सरोकावाला गैरजिम्मेवार देखिएका छन् । गएको भदौ १३ गते बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शीता रोक्न चार वटा निर्णय गरेको थियो । टिकट वितरण प्रर्णालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटको लागि पहल गर्ने, तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय खोलेर टिकट वितरण सजह गर्ने निर्णय भएका थिए ।

तर निर्णय भएको करिब दुई महिना पुग्न लाग्दा समेत निर्णयको कार्यान्वयन हुन सकेको छैनन् । विमानस्थल बाहिर खोलिएका कार्यालयमा ताला लागेको हुन्छ । नागरिक अगुवा राज बहादुर महत भन्छन,“फोनका भरमा टिकट वितरण हुन्छ । एजेन्टहरुले आफ्ना चिनेका मान्छे आएपछि अघिल्लो सदन आएकालाई पनि टिकट छैन् भनेर फिर्ता गरेका धेरै उदाहरण छन् । विमानस्मानपहुँचवालाको हालीमुहाली बढेको छ । सर्वसाधारण नागरिकले हप्तौ कुर्दा टिकट पाउदैनन् । फोनबाटै टिकट बुकिङ हुने गलत संस्कारको अन्त्य हुनुपर्छ ।”

दशै तिहारमा आउजाउ गर्ने यात्रुले हवाई सेवामा सास्ती पाएपछि हवाई समस्या सामाधान गर्न जुम्ला विमानस्थलमा दुई दिन बैठक बसेको छ । जिल्ला स्तरीय सर्वदलिय र सर्वपक्षिय वैठकले हवाई समस्या सामाधान गर्न केन्द्रीय स्तरमा पहल गर्ने सहित अघिल्ला निर्णयलाई कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ ।

अध्यक्षतामा बसेको बैठकले सेडुअल फ्लाईट र सम्झौता अनुसार जहाँज नियमितता गर्ने र स्थानीय स्तरमा कार्यालय खोलेर अनिवार्य टिकट व्यवस्थापन गर्ने लगायतका बिषयमा निर्णय भएको नागरिक उड्डयन प्राधिकरणको जुम्लाला विमानस्थलका प्रमुख प्रकाश शर्माले बताए ।

कर्णाली प्रदेशकै सबैभन्दा बेस्थ जुम्ला विमानस्थलको स्तरबृद्धि संगै हवाइ सेवा सुधारका विषयमा सरोकारवालाले देखाएको चासो दिएका छन् । प्रमुख शर्माले थपे,“टिकट वितरणमा अनियमितता हुनु हुदैन् जो पहिला आयो उसैले पहिले सेवा पाउनु पर्छ । भने जेष्ठ नागरिक,विरामी,पर्यटकहरुलाई विशेष प्रथामिकता हुनुपर्छ । केन्द्रस्तरबाटै पहल गरेर हवाई सेवा सुधारमा जोड दिन आबश्यक छ ।”

दशै तिहारको समयमा जुम्ला सिंजा हुदै रारा जाने पर्यटकको घुइचो हुन्छ । तर भनेकै बेला टिकट नपाउँदा पर्यटक अलपत्र पर्ने अबस्था छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने,“फोनका भरमा आफन्तलाई टिकट दिने एजेण्डहरुको मनपरी रोकिनुपर्छ । पहिलो आउनेले अघि सेवा पाउनु पर्छ । प्रशासनले निर्णय अक्षंश कार्यान्वयन गर्न र हवाई सेवा सहज गर्न जोड दिनुपर्छ ।”

त्यसका साथै जुम्लामा नियमित उडान भर्ने सबै एयरलाईन्सको कार्यालय विमानस्थल बाहिर अनिवार्य खोल्नु पर्ने जिसस उपप्रमुख बुढाको माग छ । सर्वसाधारण तथा वाह्रय पर्यटकलाई टिकटका लागि कहाँ र कहिले भेट्ने भन्ने बिषयमा स्पष्ट जानकारी गराउन समेत ध्यानकर्षण गराइएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहिले बताए । जुम्लाको हवाई सेवा सुधारका लागि संचार जगतले नियमित ध्यानकर्षण गराएको भन्दै अध्यक्ष शाहीले हवाई सेवामा पहुँचवालाको हालीमुहाली अन्य गर्न,सर्वसाधारणमुखी हवाई सेवा बनाउन नियमित खबरदारी गर्ने उनको भनाई छ ।

एयरलान्सहरु संग गत भदौ १३ गते बैठक बसेर यथासिघ्र पारदर्शी रुपमा टिक वितरण, जिएसए कार्यालयमा राख्ने, ईटिकटका लागि पहल गर्ने, स्विकृत सेडुअल नियमित गर्ने, जिपिए कार्यालयहरुले स्थापना गर्ने निर्णय भएपनि एयरलाईनसहरुले कार्यान्वय नगरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइँको भनाई छ ।
आगामी दिनमा टिकट नपाएको,एजेण्ट,एयरलाईन्सको मिलोमत्तोमा सर्वसाधारणले सास्ती पाएको गुनासो नआउने गरी हवाई सेवा सहज बनाउन समेत प्रजिअ प्रसाईले निर्देशन दिइन् ।

तपाईको प्रतिक्रिया