तटबन्द निर्माण नुहँदा बर्षेनि जुम्लाका मार्सिफाँट डुवानमा


सागर परियार जुम्ला ।
साउन भदौमा हुने अविरल वर्षातका कारण आउने बाढीले हरेक वर्ष जुम्लाका मार्सिफाँट डुबानमा पर्छन् । तर यस वर्ष धान भित्राउने समय कार्तिक महिनामा भएको बेमौसमी अविरल वर्षाले बाढी आउदा कृषि क्षेत्रमा ठुलो क्षति गरेको छ ।

जुम्लाका अधिकांश मार्सिफाँट खोला नदी किनारमा छन । वर्खेबाली धान जोगाउनका लागि पनि प्रभावित क्षेत्र नदि किनारमा तटबन्द अत्याआबश्यक छ । तर वर्षेनिक बाढी गईरहने,मार्सिफाँट डुवान परिरहने क्षेत्रमै स्थानीयतहले तटबन्द निर्माण गर्न सकेका छैनन । फलस्वरुप बर्सेनि किसानको पसिना मेहनत उत्पादन बढाउने सपना बाढी संगै बगेर जान्छ । तर स्थानिय तह रमिते देखिन्छन् ।

असोज ३१ गतेदेखि ३ दिन सम्म लगातार भएको बर्षातले जुम्लाको १८ हेक्टर धानबालीमा क्षति भएको छ । जसमा १३ हेक्टर मार्सिफाँट बगरमा परिणनत भएको छ । ५ हेक्टर मार्सिफाँट डुबानमा परेको छ ।

बाढीले विगतको तुलनामा यश वर्ष मार्सिधानमा ठुलो क्षति गरेको छ । कतै काटेको धान बगाएको छ । भने,कतै भित्राउन लागेका खेतहरु डुबानमा परेर वालुवा भरिएको छ ।
हरेक वर्ष वर्खामा यहाँको तातोपानी गाउँपालिकाका बाईराँका,रारा,लाछु ज्युलो,एैरेनी,नगर र गिडिखोला क्षेत्रका ज्युला,सिंजा क्षेत्रका मार्सिफाँटका नदी किनारमा तटबन्द नहुँदा डुबान पर्ने गरेको छ । गत वर्ष तातोपानी २ का दत्त बुढा,धन बुढा,सुर बुढा,बलविर बुढा लगायत दर्जनौ किसानका मार्सि रोपेका खेत आंशिक डुबानमा परेका थिए । तर यसको बेमौसमी बाढीले नाम निसाना नरहनेगरी डुबानमा परेका छन् ।

स्थानीयतहले बलियो गुणस्तरीय तथा आबश्यकतामा आधारित तटबन्द निर्माण नगरेका कारण बर्सेनि मार्सिफाँट डुबानमा पर्ने गरेको किसानको गुनासो छ । किसान दत्त बुढा भन्छन,“तातोपानीका दर्जनौ मार्सिफाँट बर्सेनि डुवानमा पर्छन् । धान भित्राउने समयमै बालुवा भरिन्छ । तर स्थानीयतहले प्रभावित क्षेत्रलाई लक्षित गरेर दिर्घकालिन तटबन्द निर्माण गर्न सकेको छैन् । जसका कारण वर्षपिच्छे किसान मर्कामा छन् ।”

५÷१० लाखका काम चलाउ तटबन्दका योजनाले बाढी रोकथाम गर्नेभन्दा पनि उपभोक्ताको खल्ती भर्ने काम हुने गरेको अर्का किसान बलविर बुढाको गुनासो छ । बर्सेनि डुवानमा पर्ने जुम्लामै पहिलो मार्सिधान खेती हुने लाछु ज्युलो सुरक्षित हुनेगरी तटबन्द निर्माण गर्न उनको माग छ ।

क्षति भईसकेपछि पश्चात् गर्नुभन्दा मार्सिधानको उत्पादन बृद्दि र सुरक्षाका लागि पूर्वतयारी स्वरुप दिर्घकालिन गुणस्तरी तटबन्द निर्माण गर्नु पर्नेमा किसानको जोड छ । तिला गाउँपालिकाको रावतबाडा,नुवाकोट क्षेत्रको मार्सिफाँट बगर बनेको छ । १३ हेक्टर मार्सिरोपेका खेत बगर भएपछि नापी लिएर छुट्टाउने तयारी छ । किसान भोकमरी हुने चिन्तामा छन् ।

तिला ४ का स्थानिय नर बहादुर शाही भन्छन,“नदी किनारका कृषि योग्य जमिन बचाउने विकल्प भनेकै तटबन्द हो । तर स्थानिय तहले नदी नियन्त्रण,तटबन्द निर्माण न्यून लगानी गर्छ । जसले गर्दा हरेक वर्ष किसान मर्कामा पर्छन् ।”

त्यसैले जुम्लाका सबै मार्सिफाँट नदी किनारमै भएकोले यहाँका आठै स्थानीयतहले ठुलो लगानीमा तटबन्द निर्णमा गर्न आबश्यक छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले प्रभावित किसानको राहत र उद्दारका लागि दातृ निकाय,संघ प्रदेश सरकार संग पहल गरिएको बताउनुभयो । स्थानीय तहले पनि प्रभावित क्षेत्रमा तटबन्द निर्माण देखि राहत उपलब्ध गराउन निर्णय गर्ने उहाँको भनाई छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले तातोपानीका मार्सिफाँटमा डुबानको समस्या रहेकोले तटबन्द निर्माण जोड दिईने बताउनुभयो । उहाँले भन्नुभयो,“विगतका वर्षमा सामान्य बाढी आउन्थ्यो । आबश्यकता अनुसार तटबन्द निर्माण पनि भईरहेका थिए । तर यश वर्ष क्षति धेरै भयो । लाछु ज्यु,नगर,गिडिखोला,राँका बाईराँका ज्युलोलाई लक्षित गरि तटबन्द निर्माण गर्छौ ।” साथै डुवान प्रभावित किसानलाई राहत पालिकाले पनि दिने र अन्य निकाय संग पनि समन्वय भईरहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

तपाईको प्रतिक्रिया