किसानको राहत र उद्दारमा ढिलाई नगर्न सरकारलाई अभियान्ता शाहीको ध्यानकर्षण


सागर परियार जुम्ला ।

जुम्ली पुत्र तथा अभियान्ता ज्ञानेन्द्र शाहीले बेमौसमी प्राकृतिक प्रकोपबाट पिडित किसानलाई तत्तकाल राहत उपलब्ध गराउन कृषि मन्त्रालयको ध्यानकर्षण गराएका छन् । आइतबार संघिय कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई ज्ञापन पत्र बुझाउदै जुम्ला सहित देशभरका पिडित किसानलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन ध्यानकर्षण गराइएको अभियान्ता शाहीले बताए ।

उनका अनुसार उत्पादित कृषि वस्तुको उचित व्यवस्था गर्न तथा धानबाली लगायत अन्य भौतिक संरचनामा भएको क्षतीको उचित बैज्ञानिक क्षतीपुर्ति तथा राहत दिन नेपाल सरकारलाई जोडदार माग गरिएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक समेत रहेका जुम्ला पुत्र ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालय अन्य दातृ निकाय संग समन्वय गरी जुम्लाका पिडित किसानका लागि केहि दिनमा राहतका कन्टेनर हिडाउने तयारी रहेको जानकारी दिए ।
उनले भने,“बेमौसमी वर्षाले नेपालको कृषि क्षेत्रमा ठुलो नोक्सानी गरेको छ । करिब ८ अर्ब बढी क्षती भएको प्रारम्भीक तथ्यांक छ । चालु आवमा ४५ अर्ब ९ करोड र

अघिल्लो वर्ष ४१ अर्ब ४० करोड कृषि बजेट थियो । कुल बजेटको १ दशमलब ७४ प्रतिशत बजेट मात्रै किसानका लागि छुटाउँदा २० अर्ब हुन आउछ । तर सरकारले किसानका हितका लगानी गर्न कन्जुसाई गरेको छ । यस्तो विपत्तीमा पनि सरकारले रात उद्दारमा ढिलासुस्ती गरेमा छोडीने छैन् ।”
साथै बेमौसमी बालीहरुको बिमा प्रक्रियालाई याशिघ्र अघि बढाई प्रत्यक बालीको बिमा गर्ने व्यवस्थालाई दुरदराज सम्म कार्यान्वयन गर्न समेत सरकारको ध्यानकर्षण गराइएको अभियान्ता शाहीको भनाई छ ।

जुम्लाको चर्चित ब्राण्ड मार्सिधान भित्राउने समयमै नष्ट हुँदा जुम्लामा भोकमरी हुने चिन्ता छ । तर आफुहरु जुम्ली किसानको राहतका लागि सधै पहल गरिरहने बताए । चाडै राहत जुम्ला पठाउने तयारी रहेको बताउदै तीनै तहका सरकारकाले राहत र उद्दारका कार्यमा ढिलाईन गर्न नहुनेमा समेत उनले जोड दिए ।
जुम्ला सिंजाका ज्ञानेन्द्र शाहीले विगत केहि वर्षदेखि देशमा भईरहेको आर्थिक अनियमितता,भ्रष्टचार,विकासमा अनियमितता लगायत विभिन्न विसंगती विरुद्धमा अभियतान्ताका रुपमा वकालत गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया