रेफर गरेका विरामीलाई समेत हवाइ टिकट पाउन मुस्किल


सागर परियार जुम्ला ।
गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनु पर्नेमा घटेर ३६ मा पुगेपछि अस्पतालले रिवान पोण्डलाई थप उचारका लागि शनिवारनै रेफर गर्यो ।

रिमाल पाण्डेले हवाई टिकटका लागि शनिवारकै दिन देखि हारगुहार गरे । पटक पटक फोन गरे टिकट राखिदिन दिन एयरलाइन्स मान्छेलाई अनुरोध गरे । तर सोमबार अन्तिम फलाइट हुँदा समेत पनि टिकट नपाएपछि रेफर गरेको विरामीलाई छोरालाई पाण्डेले घर फर्काएर ल्याएका छन् ।

उनले भने,“दुई दिन अगाडी देखि टिकटका लागि भनेको थिए । छोराको अबस्था जटिल हुदै गएको छ । शनिवार दिएको रेफर पत्र देखाउदै तारा र समिट एयरका मान्छेलाई टिकटका लागि अनुरोध गर्दा पनि विरामी सिट प्याक भएको भन्दै फिर्ता पठाए । तीनदिन अगाडीदेखि भन्दा पनि सिट प्याक भन्दै फर्काएपछि अचम्म लाग्यो । जत्ती छलफल बहस गरेपनि हवाई सेवा पहुँचमुखीनै भएको महसुश भयो ।”

विरामीको जटिलतालाई हेरेर सामान्य यात्रुलाई आजको भोली सार्न सकिने अबस्थामा पनि एयरलाइन्स एजेण्डको मिलोमत्तोमा सर्वसाधारणलाइ दुख दिने गरेको पाण्डेको गुनासो छ । हवाइ सेवाको विरामी सिट पनि पहुँचबावाले मात्रै पाउने महसुश भएको छ ।

रेफर भएको विरामीका लागि दुई दिन अगाडी भन्दा पनि टिकट नपाइने जुम्लामा सामान्य नागरिकका लागि हवाई सेवा आकांश फल आखाँ तरी मर जस्तै हुने नागरिक अगुवा राज बहादुर महतको भनाई छ । जत्ती पटक छलफल र बहस निर्णय गरेपनि इ–टिकटको व्यवस्था नभए सम्म विमानस्थलमा मनपरी नरोकिने समेत महतको भनाई छ ।

यता प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले हवाई सेवामा रेफर भएका विरामीलाई पहिलो प्रथामिकता दिनुपर्ने बताइन् । उनले भनिन,“धेरै दिनदेखि विरामी होल्डमा थिए । अक्सिजन सिलिण्डर अभावले रोकिएका पातारासीका विरामीलाई सोमबार पठाइको थियो । अन्य विरामीलाई जटिलता हेरेर प्रथामिकता दिइन्छ । सबैले सम्मान रुपमा हवाइ सेवा पाउनुपर्छ । रिमाल पाण्डेको विरामीलाइ मंगलबार जसरी पनि टिकट मिलाउन पहल गर्छु ।”

 

तपाईको प्रतिक्रिया