पर्यटनबाटै कर्णालीको समृद्धी सम्भव छःमन्त्री श्रेष्ठ


सागर परियार जुम्ला ।


कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले कर्णालीको समृद्धी पर्यटन क्षेत्रबाटै सम्भव रहेको बताउनुभयो । जुम्ला सहित कर्णालीमा रहेका एैतिहासिक तथा प्राकृतिक पर्यटकिय स्थलमा प्रयाप्त पर्यटकिय पूर्वाधार निर्माणमा जोड दिएमा पर्यटनबाटै कर्णालीमा समृद्धी भित्रिने बताउनु भएको हो ।
बुधबार जुम्लामा रहेको डुडुल चैत्यको तेस्रो बार्षिक उत्सवलाइ सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जुम्ला स्थित नेपालकै दोस्रो अग्लो डुडुल चैत कर्णालीकै मुख्य तथा आर्कषक पर्यटकिय गन्तव्य बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“देशकै दोस्रो अग्लो डुडुल चैत्य गुम्बामा दैनिक सयौ आन्तरिक पर्यटक आउँछन् । जुम्लामा आउने बाह्य पर्यटक डुडुल चैत्य नपुगी फर्किदैनन् । यहाँको थप पूर्वाधार विकासमा जोड दिन आबश्यक छ ।”

भोट समुदायको आफ्नै लगानीमा निर्माण भएको उक्त गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रीत गरेको छ । कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको मन्त्रीको श्रेष्ठको भनाई छ ।

उनले थपे,“जुम्ला सदरमुकाम खलंगामा निर्माण भएको डुडुल चैत्य पर्यटन आकर्षणको केन्द्र बनेको छ । डुडुल चैत्य संगै जुम्लाका अन्य पर्यटकिय स्थलमा लगानी अभावले ओजेलमा छन् । चैत्य संगै अन्य पर्यटकिय क्षेत्रलाइ थप आकर्षण बनाउनको लागि आबश्यक पूर्वाधार निर्माणका लागि चाहिने बजेट व्यवस्थापनका लागि पहल गर्नुे छु ।”
मुगाली समाजले निर्माण गरेको डुडुल चैत्य गुम्बाले जुम्लाको पर्यटन क्षेत्रको विकासमा इट्टा थपेको पूर्व पर्यटन राज्यमन्त्री बल बहादुर महतले बताए ।

उनले भने,“मेरो कार्यकालमा जुम्लामा करिब डेढ सय बढी गुम्बा,ऐतिहासिक मन्दिर तथा पुरातात्विक सम्पदा निर्माण गरेको छु । संघियतापछि कर्णाली प्रदेशका पर्यटन क्षेत्रमा लगानी न्युन छ । सरकारले रोजगारी सृजना संगै आर्थिक समद्धृीका लागि पर्यटन क्षेत्रमा लगानी गर्न आबश्यक छ ।”

मुगाली समाज जुम्लाका अध्यक्ष निर्बु वाङदे तामाङले जुम्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न,पर्यटकलाई आकक्ष्ृाण गर्न भोट समुादयको करिब २९ करोड नीजि लगानीमा डुडुल चैत्य निर्माण गरिएको बताए । बार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसियसन काठमाण्डौँले आफ्नो चल,अचल सम्पती डुडुल चैत्यलाई हस्तान्तरण गरेको थियो ।

बौद्ध गुरु खेम्पो गिर्मे छिल्टुङले शान्ति पुजा गरेका थिए । भने, पुर्व बनराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता भक्तबहादुर रोकाया,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत सहभागि थिए ।

तपाईको प्रतिक्रिया