जुम्लामा जिल्ला स्तरीय महिला,पुरुष भलिबल प्रतियोगिता हुने


सागर परियार जुम्ला ।


जुम्लामा जिल्ला स्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी कार्तिक २५ गते देखि जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको हो । जुम्लाका आठै स्थानीयतहका १÷१ महिला पुरुष टिमले प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए ।

विहिबार साँझ पत्रकार सम्मेलन गर्दै आगामी कार्तिक २५ गतेदेखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा यहाँका आठै तहका महिला पुरुष टिम छनौट गरि १६ टिमले प्रतियोगितामा सहभागि हुने जनाइएको छ ।

भने,टिम दर्ता समय कार्तिक २४ गते सम्म तोकिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आर्चायले बताईन् ।

उनले भनिन,“प्रतियोगिता आयोजनाका करिब ९ लाख जत्ती लागत लाग्ने अनुमान छ । तर हामी संग बजेट छैन् । प्रदेशले डेढ लाख सम्म पठाउने आश्वासन दिएको छ । आएको छैन् । आठै स्थानीयतह संग समन्वय गरि प्रतियोगिता संचालन गरिने छ ।”
प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरुस्कार नगद ५० हजार र द्धित्तिय हुनेलाई नगद ३५ हजार, कप,मेडल र प्रमाण पत्र दिईने सदस्य सचिव आर्चायको भनाई छ ।
प्रतियोगितामा प्रथम आउने महिला पुरुष टिम संगै अन्य टिमका पनि उत्कृष्ट खेलाडीलाई छनौट गरिने भएको छ । छनौट भएका खेलाडीलाई करिब एक महिना सम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरी मुख्यमन्त्री कपमा सहभागी गराइने सदस्य सचिव आर्चाले जानकारी दिइन् ।

साथै खुल्ला भलिबल प्रतियोगिताको आयोजना स्थल भने गुठिचार गाउँपालिका ५ स्थित त्रिभुव मावि झारज्वालामा तोकिएको छ । प्रतियोगिताको सह–आयोजक पनि गुठिचौर गाउँपालिका रहने र संघियताको कार्यान्वयन पहिलो पटक जिल्ला स्तरी भलिबल प्रतियोगिता ग्रामिण क्षेत्र गुठिचौरमा हुन लागेको खेल विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेको भनाइ छ ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले भलिवल प्रतियोगिताको सहआयोजना आफ्नो पालिका हुने प्रतिबद्दता जनाएका छन् ।
प्राय खेलकुद आयोजना गर्दा झगडा हुने भएकोले प्रतियोगितालाई मर्यादित रुपमा सम्पन्न गर्न शान्ती सुरक्षालाई पनि मजबुद बनाइने जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

साथै प्रतियोगिता संचालन का लागि आबश्यक आर्थिक साहयता जुटाउनका लागि स्थानीयतहका प्रमुख संग पनि छलफल गरिएको छ । पालिकाका प्रमुख हरुले स्थानीइतहमा छलफल गरी आयोजनाका लागि के कति सहयोग गर्न सकिन्छ जानकारी गर्ने बताएका छन् । धेरै लामो समयपछि जुम्लामा भलिबल आयोजना हुन लागेकोले यसलाई शान्तीपुर्ण ढंगबाट सम्पन्न गर्न संचार जगतले आफ्नो भुमिका निर्वाह गर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।

 

तपाईको प्रतिक्रिया