बसले किचेर महिलाको हत्या ः एक सातामै तिन दुर्घटना, पाँचको मृत्यु

 

नन्दराम जैसी

जुम्ला । एक साताभित्र जिल्लामा भएको तिन छुट्टा छुट्टै दुर्घटनाबाट ५ जनाको मृत्यु भएको छ । गत सोमबार सदरमुकामा ट्याक्टरले किचेर हिरा अधिकारीको मृत्यु भयो । त्यसको भोलिपल्ट मंगलबार सिंजामा ट्याक्टर दुर्घटनामा परी तिन जनाको मृत्यु भयो ।

दुबै दुर्घटनाको तातो घाउ सेलाउन नपाउदै आईतबार विहान जुम्लाबाट काठमान्डौ जादै गरेको ना ४ ख ७२४३ नम्बरको बसले लिताकोटमा एक महिलालाई किचेर हत्या गरेपछि, यो हप्तामा मात्र जिल्लामा सवारी दुर्घटनाबाट ५ जनाको मृत्यु र एक बालक घाईते भएका छन् ।

सडक संजालको विस्तार संगै गाडिको संख्या बढ्दै जानु, ट्राफिक नियम बारे यात्रुलाई जानकारी नहुनु, चालकहरुको लापरर्बाहि र नियमन निकाय मौन रहनुले पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गएको पाईन्छ ।

आईतबारको दुर्घटनामा बसले किच्दा तातोपानी गाउँपालिका २ कि २७ बर्षिया माया नेपालीको घटना स्थलमै मृत्यु भएको प्रहरी निरिक्षक चुडामणि पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनाको छानविन भैरहेको छ, भने गाडि चालक कैलाली टिकापुर ६ का देव बुढाक्षेत्री प्रहरी नियन्त्रणमा छन् । घटनाका प्रत्यक्षदर्शीले बाटोमा हिडिरहेकि माया नेपालिलाई बसले ठक्कर दिँदा घाईते भएपछि पुन गाडि ब्याक गरेर किचेको बताइएको छ ।

यता मृत्तकका आफन्तले लास बुझेका छैनन् । दुर्घटनापछि जुम्लामा दिनभर यातायात सेवा ठप्प पारिएको थियो । मृत्तकका आफन्तले लास नबुझेर गाडी जलाउने भन्दै रोड चक्काजाम गरेपछि लामो तथा छोटो दुरिमा चल्ने सवारी साधन बिचमै रोकिदा यात्रु अलपत्र भएका छन् । प्रहरीका अनुसार गाडीको सुरक्षा व्यवस्था मजबुद पारिएको छ ।

जिल्लामा बढ्दो दुर्घटना न्युनिकरण गर्न स्थानिय स्तरमा ट्राफिक नियम बारे व्यापाक जानकारी गराउन अ ावाश्यक रहेको यँहाका बृद्धिजीविहरुले औल्याएका छन् । अब चाडै स्थानिय तह सँग समन्वय गरी ट्राफिक नियम पालानाका बारेमा अभिमुखिकरण चलाईने डिएसपी डाक्टर तपन कुमार दाहाले बताए ।

प्रतिक्रिया दिनुहोस