बेमौसमी वर्षाले क्षति गरेको त्रिबेणी–ताम्ती सडक खण्ड निर्माण हुँदै

सागर परियार जुम्ला ।

जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डमा पुर्ननिर्माण थालिएको छ । कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले कटान गरेको उक्त सडक खण्डको निर्माण थालिएको हो ।

बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको छ । सडक डिभिजन जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीले भने,“अबरुद्ध भएको २० किमी मध्य सडक मध्य बाढीले ४ सय मिटर सडक पुनै कटान गरेको छ । मान्छे हिड्ने समेत बाटो छैन् । ताम्ती क्षेत्रका नागरिकलाई खाद्यन्न ओर्सान आवत जावतलाइ सहज गर्न ट्याक्टर,जीप सञ्चालन हुने गरी कटान भएको सडक खण्ड तत्तकाल निर्माण थालेका छौ ।”

त्रिबेणी देखि ताम्ती सम्मको ४ सय मिटर कटान भएको सडकमा ग्यामिन पर्खाल निर्माण गरिने भएको छ । भने,मेसिन भाडामा लिएर सडक डिभिजनकै कर्मचारी परिचालन गरेर सडकको ट्रयाक खोल्ने काम सोमदेखिनै शुरु भएको ईन्जिनियर भण्डारीले बताए ।

कटान भएको ४ मिटर क्षेत्रमा ग्यामिन पर्खाल निर्माणका लागि गत आबको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवत जावतलाइ सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई दुर्त गतीमा अघि बढाइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।

उनले भने,“बाढीले जुम्ला–जाजरकोट सडकको विभिन्न खण्ड अबरुद्ध छ । तर त्यस मध्य पनि ४ सय मिटर सडक बाढीले कटान गरेर बगाएको हुँदा हिड्न पनि मुस्किल छ । विपद व्यवस्थापन समितिको अनुगमन पश्चात सडक पुर्ननिर्माण तत्तकाल गर्ने निर्णय भए अनुसार गत आवको बचत रकमबाट ठेक्का गरी निर्माण थालिएको छ ।”
तर तत्तकाल पहिरो पन्छाउने,ट्रयाक खोल्ने काम मेसिन भाडामा लिएर सडककै कर्मचारीले गरिरहेका छन् । छिटो भन्दा छिटो त्रिबेणाी ताम्तीको कटान भएको सडक निर्माण गरी आवत जावत सहज बनाउने लक्ष्य रहेको प्रमुख सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।

त्यसका साथै जुम्ला–जाजरकोट रारा राजमार्गको विभिन्न भागमा कतै अबरुद्ध,कतै भत्कीएको छ । ताम्तीका नर रावतले भने,“बाढीले सडक कटान गर्दा आवत जावतमा समस्या थियो । खाद्यन्न ओसार पोसार गर्न उतिकै मुस्किल छ । सडक डिभिजनले कटान गरेको सडक निर्माण थालेपछि हामी खुसी छौ ।”

सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले सडक स्तरबृद्धि तथा निर्माण,अबरुद्ध सडक सुचारु,नयाँ सडक निर्माण,पुल निर्माण लगायत अन्य पूर्वाधार विकासका कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य लिएर काम थालिने बताए ।

निर्माण व्यवसायीको ढिलासुस्ती,बजेट अभाव,ढिलो निकासा र भौगोलिक विकटताका कारण जुम्लाको पूर्वाधार विकास पछि परेको भन्ने बुझिएकोले यी विभिन्न पक्षलाई सहजीकरण गरेर काम गरिने प्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस