सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकमाथि सुझाब संकलन गरिदैं

कर्णालीपोष्ट संबाददाता ।
कर्णाली प्रदेशसभामा दर्ता भएको “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि सुझाब संकलन गरिदैं छ । प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि कात्तिक २८ गते कनकासुन्दरी गाउँपालिका ४ लामाथाँडामा सुझाब संकलन गर्न लागिएको हो ।

कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा “सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८”दर्ता गराएका थिए ।
उक्त विद्येयकलाई पुर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाब संकलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।

सुझाब संकलन कार्यक्रमममा प्रदेश सभा संसदीय टोली सहित सिंजा सभ्यताका जानकार व्यक्ति,आठै स्थानीयतहका जनप्रतिनिधि,संचारकर्मी लगायतका सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले जानकारी दिनुभयो । विद्येयक माथि सुझाब संकलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासंघ जुम्लालाइ दिइएको छ ।

कनकासुन्दरी ४ लामाथाँडामा आइतबार विहान साढे १० बजेदेखि सुझाब संकलन कार्यक्रम शुरु हुने भएको छ । सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विद्येयकमा उल्लेख भएका विभिन्न बुदा माथि छलफल तथा छुटेका विषय वस्तु समेट्ने गरी सुझाब संकलन हुने छ ।

नेपाली भाषाको उद्घम स्थल सिंजाको विरासतलाई जोगाउन सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक कोशे ढुंथा सावित हुने पुर्वमन्त्री नरेश भण्डारीको भनाई छ । विधेयकले खस संस्कृतिको संरक्षण,एतिहासिक विषयमाथिको छलफल,सिंजा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकिय गन्तव्य बनाउन समेत विद्येयकले महत्व भुमिका खेल्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस