अबरुद्ध त्रिबेणी–ताम्ती सडकको ट्रयाक खोलियोे,चाडै ग्याविन पर्खाल हालिने


सागर परियार जुम्ला ।

जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खोल्ने काम सकिएको छ कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडक खण्ड पुर्ण अबरुद्ध थियो ।

बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको थियो । भने, करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।

सडक डिभिजन जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीले भने,“अबरुद्ध भएको २० किमी सडक मध्य बाढीले ४ सय मिटर सडक पुनै कटान गरेको थिया्े । मान्छे हिड्ने समेत बाटो समेत थिएन् । हामीले टोप्ला सम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौ । अब चाडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ ।”

त्रिबेणी देखि ताम्ती सम्मको ४ सय मिटर कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको ४ मिटर क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आबको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवत जावतलाइ सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले दुर्त गतीमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाई छ ।

टोप्ला सम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाडै ग्यामिन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन जुम्लाले जनाएको छ । त्यसका साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको छ ।

तपाईको प्रतिक्रिया