जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका – ५ श्रीनगरका सूर्य गाडीले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । उनले ३४ औँ जन्मदिनको अवसरमा कालिका आधारभुत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीका अनुसार ८० जना बालबालिका कापी, पेन्सिल, इलाइजर र कटर वितरण गएको छ । प्रत्येक विद्यार्थीलाई कापी दुई वटा, पेन्सिल दुई वटा, कटर एक र इलेजर एक वटाका दरले वितरण गरिएको उनले बताए ।

यस्तै विद्यालयलाई खेलकुदका सामग्री पनि उपलव्ध गरिएको हो । प्रधानाध्यापक खत्रीका अनुसार मादल एक वटा, भलिवल एक वटा र खेल खेल्ने डोरी चार उपलव्ध भएको छ ।

उनले अघिल्लो वर्ष ३३ औँ जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । ५ नम्बर वडा भरीका जेष्ठ नागरिकलाई न्यानो कपडा अघिल्लो वर्ष वितरण गरिएको उनी बताउन्छन् ।

७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । महिलालाई न्यानो पच्छौरा र पुरुषलाई न्यानो टोपी, गलवन्दी वितरण गरिएका थिए । जुम्ला जिल्लाकै जेष्ठ नागरिक एक सय ४ वर्षीया हरिकला डाँगीलगायत ६३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेका थिए । ६३ जना जेष्ठ नागरिक, ३ जना सहिद परिवार र ५ जना अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । फजुल खर्च गर्नु भन्दा सामाजिक मनोभावनाको काम गर्न आफु प्रेरित हुने उनी बताउन्छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस