शैक्षिक गुणस्तर कायम र विद्यालय सुधारका लागि प्रधानाध्यापकलाई तालिम

सागर परियार जुम्ला ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको,विद्यार्थी भर्ना दर कम भएको,दक्ष तथा विकाउ जनशक्ति उत्पादन नभएको जस्ता व्यापक आलोचना र टिका टिप्पणी बेला बेला भइरहन्छ । तर विद्यालय सुधार योजना छ की छैन् ।

योजना बनाएर कार्यान्वयन भयो की नाइ,शिक्षकहरुले पठक सिपका लागि विषयगत तालिम पाएकी नाइ,अभिभावक विद्यालय प्रति जिम्मेवार छ वा छैनन् । यस्ता विषयमा छलफल बहस नगरी प्रायः नागरिकले शैक्षिक गुणस्तर मात्रै खोजिरेहका छन् । जसका कारण नेपालका सामुदायिक विद्यालयमा सरकारको अर्बौ लगानी भएपनि शैक्षिक उपलब्धी शुन्य देखिन्छ ।

सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी हासिल गर्न,विद्यार्थीको शैक्षिक कार्यसम्पादनमा सहयोग पुराउन, अभिभावकलाई विद्यालय तथा बालबालिका प्रति उत्तरदायि बनाउन शिक्षकहरुलाई ५ दिने नेतृत्व तथा क्षामता विकास सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

तातोपानी गाउँपालिकाको आयोजना र आइकाको आर्थिक सहयोगमा तातोपानीका २८ विद्यालयका प्राधानाध्यापक लाई ५ दिने नेतृत्व तथा क्षामता विकास सम्बन्धी सञ्चालन भएको आइकाका जुम्ला संयोजक दिपराज रावतले बताए ।

उनले भने,“सामुदायिक विद्यालयको अपेक्षित शैक्षिक उपलब्धी हासिल गर्न,विद्यार्थीको शैक्षिक कार्यसम्पादनमा सुधार ल्याउने बारे तालिममा छलफल गरिने छ । भने, विद्यालय सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयनको प्रतिबद्धता गर्छौ ।”

मुख्यप्रशिक्षक हरि बहादुर रावलले शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणत्मक सम्बन्ध समधुर नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक अबस्था खस्कीदै गएको बताए । सरकारको शिक्षा क्षेत्रमा गरेको अर्बौ लगानी उपलब्धी विहिन छ । विद्यालयलाई नमुना बनाउन प्राधानाध्यापक नै बढी जिम्मेवार हुनुपर्ने भएकोले प्रअलाई तालिम दिइएको उनको भनाई छ । सामुदायिक विद्यालयहरु पनि गुणस्तरीय शिक्षाका नाममा पैसा असुल्न थालेपछि विद्यार्थी घट्न थालेका छन् । सबै विद्यार्थीलाई सामुदायिक विद्यालयको पहुँचमा ल्याउनका लागि विद्यालय सुधार योजना कार्यान्वयन गर्नुपर्ने मुख्य प्रशिक्षक रावलले बताए ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले शैक्षिक गुणस्तर विद्यालय भन्दा पैसामा खोजिरहेको बताए । काठमान्डौ,नेपालगन्जका मंहगो नीजि विद्यालयमा पढाउदैमा गुणस्तरीय शिक्षा आर्जन हुन्छ, शैक्षिक उपलब्धी हासिल हुन्छ भन्ने मानसिकता र होडबाजीले सामुदायिक विद्यालय ओजेल पर्न थालेको उल्लेख गरे ।

उनले भने,“हामीले शिक्षाको हाडवयर पाटोमा धेरै लगानी गरिसकेका छौ । अब सप्टवयर पाटोमा धेरै ध्यान पुराउनु पर्ने छ । तालिममा सिकेका कुरा व्यवहारमा लागु नभएकै कारण शिक्षा क्षेत्र पछि परेको छ । तालिमपछि विद्यालय सुधारमा हुने अपेक्षा छ ।”

पाँच दिने नेतृत्व तथा क्षामता विकास तालिममा तातोपानी गाउँपालिकाका २८ वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएका छन् । जापान सरकारको विकास साझेदार निकाय (जाइका)को सहयोगमा नेपालका जुम्ला,भक्तपुर,तनँहु र महोत्तरीमा शिक्षा क्षेत्रको विकासका लागि परिक्षण कार्यक्रम संचालन भएका छन् ।

शिक्षकहरुको क्षामता विकास बिना विद्यालय सुधार सम्भव नभएकोले पालिकाभरीका प्राधानाध्यापकलाई तालिम दिइएको तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए । मंसिर पाँच गतेबाट शुरु भएको तालिम आगामी मंसिर ९ गते समापन हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस