जुम्ला काँग्रेस अधिवेशन ः सभापतिमा देउवा पक्षधर कर्णबहादुर शाही विजयी



जुम्ला ः नेपाली कांग्रेस जुम्लाको ७ औँ जिल्ला अधिवेशनमा सभापतिमा देउवा पक्षधरका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन् ।
सभापति शाहीले खसेको कुल ९८१ मत मध्ये ४७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले ४६९ मत ल्याएर पराजय भएका हुन् । पाँच मतको अन्तरले संस्थापन देउवा पक्षधर शाही विजयी भएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।
सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेल पक्षधर उपाध्यक्ष दिपक शाही र कार्मा बुढा बिजयी भएका छन् । उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् ।
सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा बिजयी हाशिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयी भएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै, प्रतिस्पर्धी संस्थापन पक्षीय उपाध्यक्ष नन्दराम बुढा (४०५) र मक्करबहादुर हमालले ( ३७८) सचिव दानबहादुर बुढा (३७०) र घनश्याम थापाले (४२९) र सहसचिव नवराज देवकोटा (३८७) र धनबहादुर रावतले (४१८) मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रधानले बताइन् ।
उनका अनुसार खसेको कुल ९८१ मतमा ५ वटा मत बदर भएको छ । महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको जनाईएको छ । रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्राय सवै पद जित्दा सभापतिका उम्मेदवार दिपबहादुर शाही भने पराजित हुनु भएको छ । खसेका ९८१ मत मध्य ५ वटा मत बदर भएका छन् ।

 

तपाईको प्रतिक्रिया