खानेपानी मुहान संरक्षण गर्न गौतमबाडा बासीको माग


सागर परियार जुम्ला ।

    फोटो क्याप्सनः  बेमौसमी वर्षापछि भेटिएको खानेपानी मुहान । तस्बिरः सागर परियार ।

खानेपानीका मुहान संरक्षण गरिदिन तातोपानी गाउँपालिका ४ गौतमबाडाका स्थानीयले माग गरेका छन् । गएको कात्तिक पहिलो साता भएको अविरल वर्षापछि गौतमबाडा स्थित मालिका आधारभुत विद्यालयमा नयाँ पानीका मुहान भेटिएकोले संरक्षण गरिदिन स्थानीयले माग गरेका हुन् ।

मालिका आधारभूत विद्यालयका प्राधानाध्यापक खड्क बहादुर स्वाँरले गाउँमा खानेपानी मुहान भेटिएकोले दिगो व्यवस्थापन आबश्यक रहेको बताए । उनले भने,“वर्षापछि मुहान भेटिएपछि स्थानीयको सक्रियतामा एक धारा विद्यालय र एक धारा गाउँका लागि निर्माण गरेका छौ । तर मुहान अरु पनि छन् । त्यसको दिगो व्यवस्थान नभए पानी छिर्ने सम्भावना छ । त्यसैले सरोकारवालाको ध्यानकर्षण गराउन चाहान्छौ ।”

खानेपानीको चरम समस्या रहेको गौतमबाडा गाउँमा अल्पकालीन रुपमा धारा निर्माण,टंयाकी निर्माण बिनानै पाइपबाट पानी नियमित सप्लाई भईरहेको छ । तर मुहान देखि गाउँ र विद्यालयमा धारा निर्माण र तथा मुहान संरक्षणका स्थानीय सरकार खानेपानी कार्यालयबाट सहयोगको अपेक्षा राखिएको प्राधानाध्यापक स्वाँरको भनाई छ ।

यता गौतमबाडाका स्थानीयले पनि गाउँमा पानीको हाहाकार भएको बेला आफै मुहान भेटिएको र स्थानीय माटोको बेडो लगाएर खाल्डो बनाई पानी संरक्षण गरी प्रयोग गरेपनि दिगो व्यवस्थापन र संरचना निर्माणका लागि सरोकारवाला संग माग गरेका हुन् ।

सानो टंयाकी र दुई वटा धारा निर्माण गर्ने लगानीकर्ताको आबश्यक रहेको छ । प्रअ स्वाँरले थपे,“संरचना निर्माणपछि पानीको बचत,सदुपयोग,मुहान संरक्षण तथा विद्यार्थी र स्थानीयलाई समेत राहत हुने छ । सहयोग नजुटेकोले मिडिया गुर्हान बाध्य छौ । हाल सम्म मुहान संरक्षणको पहल हुन सकेको छैन् ।” हाल मालिका आधारधुत विद्यालयका करिब एक सय बढी विद्यार्थी सोही आधारको खानेपानी प्रयोग गरिरहेका छन् ।

स्थानीयले उत्खनन गरेर निकालेको खानेपानी मुहानको सरंक्षणका लागि तातोपानी गाउँपालिका तथा खानेपानी कार्यालय लगायत अन्य गैरसरकारी निकायलाई आबश्यक सहयोगका लागि ध्यानकर्षण गराइएको छ ।

 

तपाईको प्रतिक्रिया