हिमा गाउँपालिकाःनियमित सार्वजानिक सुनुवाई गर्ने पहिलो पालिका


सागर परियार जुम्ला ।
जुम्लाका आठ स्थानीयतह मध्य हिमा गाउँपालिकाले शुसासन पारदर्शीता कायममा पहिलो पालिका देखिएको छ । हरेक वर्ष नियमित रुपमा आफ्ना बार्षिक गतिविधि आम नागरिक माझ सार्वजानिक गर्ने,गुनासो सुन्ने,समिक्षा गर्ने र योजनाको सार्वजानिक सुनुवाई गर्ने हिमा गाउँपालिका पहिलो हो ।

यसैबीच आइतबार हिमा गाउँपालिकाको आव २०७७÷७८ बार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गत आवमा जुम्लाका कुनै स्थानीयतहले सार्वजानिक सुनुवाई नगरेको अबस्था पनि हिमाले कोरोना कहरका बीच सावधानीक अपनाउदै सार्वजानिक सुनुवाई गरेको थियो ।

सिमित स्रोत साधन र असिमित नागरिकका आबश्यकताका बीच काम गर्ने क्रममा त्रुटि हुन्छन् । हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढा भन्छन,“शुसासन पारदर्शिता कायमका लागि हरेक वर्ष सार्वजानिक सुनुवाई गरिरहेका छौ । यसबाट हामीलाई कार्य सम्पादन र सेवा प्रवाहमा पनि सहज भएको छ ।”

स्थानीय सरकारले वर्षभरी गरेको विभिन्न गतिविधिका बारेमा आम नागरिक मार्झ अनिवार्य सार्वजानिक सुनुवाई रुपमा पर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर कानुनी व्यवस्था,नागरिकका अधिकार र शुसासन पारदर्शीताका पक्षलाई कुण्ठित गर्दै जुम्लाका अधिंकाश स्थानीयतह नियमित सार्वजानिक सुनुवाई गर्न सकेका छैनन् ।

हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाही भने,“नियमित सार्वजानिक सुनुवाई गर्नु आर्थिक पारदर्शीताको सबल पक्ष हो । मेरो कार्यकालमा कर्मचारी,स्थानीय नागरिक जनप्रतिनिधिको सहयोगले सबै क्षेत्रको काम सन्तोषजनक रहेको छु । नागरिकका गुनासा सुनेको छु । आशा छ हिमा गाउँपालिकालाई आगामी नेतृत्वले पनि यहि गती दिने छन् ।”

स्थानीय सरकार संचालन भएपछि जुम्लाका आठ स्थानीय तह मध्य हिमा गाउँपालिकाले रहेक वर्ष वार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई गर्दै आएको छ ।

सार्वजानिक सुनुवाई ऐन २०५५ र नियमावली २०५६ अनुसार स्थानीय सरकार मात्रै हैन् हरेक निकायले आफ्ना गतिविधि वर्षको अन्त्य तिर आम नागरिक माझ सार्वजानिक गर्नु पर्छ । जुन काम हिमा गाउँपालिकाले शुरुवाती देखि हाल सम्म नियमित रुपमा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया