संघर्षसील रण बहादुर,‘जो बाबा आमाको प्रेरणा र आफ्नै मेहेनतले निजामती भए’


हरेक व्यक्ति पिच्छे आ–आफ्नै भोगाई, जीवन संघर्ष, लक्ष्य, फरक किसिमका हुन्छन् । ती मध्य एक संघर्षशील व्यक्ति हुन हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा । सामान्य पारिवारिक अबस्थामा जन्मेका बुढा अभाव,संघर्ष झेल्दै,शिक्षण पेसा गर्दै वडा सचिव हुदैं हाल सरकारको उच्च ओहोदा प्रमुख प्रशासकिय अधिकृत सम्म पुगेका छन् । यसै बीच प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाको थप जीवन संघर्षका विषयमा कर्णाली पोष्ट दैनिकका कार्यकारी सम्पादक सागर परियारले गरेको कुराकानीको सार ः

आजभोलीको दैनिकी कसरी बित्दै छन् ?
आजभोलीको दैनिक अधिकांश समय कार्यालयकै कामकाजमै बित्ने गरेको छ । दैनिक कार्यालयमा विभिन्न काम लिएर सेवा ग्राहि आउने गरेका छन् । जेष्ठ नागरिक फरक क्षामताका सेवा गा्रहीलाई प्रथामिकता दिने,विकास निर्माण योजना अनुगमन,दैनिक छलफल बैठक जस्ता नियमित कामकाज गरेरै दैनिकी बित्ने गरेको छ ।

बाल्यवस्थामा कसरी बित्यो ?
बाल्यवस्था भन्नुहुन्छ भने,संषर्घ,अभाव थुप्रै झेलियो । तिला गाउँपालिका ५ चुलाकोटमा २०३४ साल माघ १० आमा लाली बुढाको कोखबाट जन्म लिए । म सानोमा छदाखेरी धेरैनै चलाख थिए । घरमा आमा बुबा पढेलेखेको थिएनन् । तर बा आमालाई पढाउनु पर्छ भन्ने सोच थियो । बुबा आमा कृषिनै गर्थे । म दिउसो स्कुल जाने र विहान बेलुका कृषिमा सघाउने गर्थे । भने मल पनि बोकियो, भेडा चराउन जान्थे । त्यतिबेला सोलार बत्ती पनि थिएन् । झरो बालेर पनि पढ्थे । यसरीनै संघर्ष गरेर मैले २०५१ सालमा एसएलसी पास गरे ।

समग्रमा बाल्यवस्था संघर्षका साथ बित्यो ।  “दिउँसो स्कुल जाने र विहान बेलुका कृषिमा सघाउने गर्थे । कहिले मल पनि बोकियो, भेडा चराउन गइयो । घरमा बत्ती हुन्थेन्,सिकाउने मान्छे थिएनन् र पनि बा आमाको उत्प्ररेणा र आफ्नै मेहनतले सरकारी जागिर खाने लक्ष्य पुरा गरेरै छाडे ।”

जीवनको लक्ष्य के थियो, के भइयो ?
लक्ष्य बिनाको मान्छे र गन्तव्य बिनाको यात्री कोही पनि हुदैन् । तपाईको पनि लक्ष्य अबश्य थियो होला । मेरो पनि लक्ष्य थियो । म सानैदेखि पढाईमा पनि तेज थिए,चलाख पनि थिए । साहेत अभाव संघर्ष सबै बुझेर होला । मैले एसएलसी २०५१ सालमा पास गरीसकेपछि जसरी पनि सरकारी जागिर खानु पर्छ भन्ने लक्ष्य बोकेको थिए । पारिवारिक अबस्था भने कमजोर थियो । मन पढ्ने जोश भने बलियो थियो ।

आयस्रोतको माध्यम भनेकै कृषि थियो । तर २०५५ सालमा जनजागृती प्रथामिक विद्यालय चुलाकोटमा प्राधानाध्यापक भएर काम गरे । त्यसपछि २०५६ सालमा रत्नचुडेश्वर उच्च माविमा व्यवस्थापन शंकाय विषयमा इन्टर पास गरे । बजारमा त्यतिबेला कोठा भाडामा लिएर पढ्ने चलन थिएन् । जसको घरमा बस्यो त्यहि घरमा काम गर्ने पढ्ने गरिन्थ्यो । सडक बत्ती केहि थिएन । दिनमा दाउरा झरो ल्याउने जाने पनि गरिन्थ्यो ।

इन्टर पास गरिसकेपनि मेरो मस्तिष्कटबाट सरकारी जागिर खाने भुत हटेको थिएन् । किन की इन्टर पढ्दै तयारी गर्दै गरेको थिए । सरकारी जागिर नै खाने दृढ संकल्पका साथ संघर्ष गरेकोले २०५९ सालमा मैले खरिदारमा नाम निकालेर कालिकोटका दुर्गम गाविस ओदान,मुर्मा लगायत ३ वटा गाविसमा काम गरे । मेरो सरकारी जागिरको यात्रा विकट कालिकोटबाट शुरु भयो ।

२०६२ सालमा म जुम्लामा सरुवा भए । त्यतिबेला देपालगाउँ,कुडारी रारा लिही गाविस हुदै कालीकाखेतु पटमारा गाविसमा काम गरे । २०६९ सालमा म नायब सुब्बामा बढुवा भएको हुँ । संघियता आउनु निरन्तर समाज सेवामै जुटिरहे । २०७४ पछि देशमा संघियता कार्यान्वयन आएपछि २०७६ सालमा अधिकृत छैटौ भएर नियुक्ती भए । २०७७ फागुन २३ गतेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिए अनुसार काम गरिरेको छु ।
समग्रमा भन्दा जीवनको लक्ष्य अनुसार निरन्तर संघर्ष गरेर त्याग गरेर अभाव झेलेर मैले सरकारी क्षेत्रमा प्रबेश गरे । मेरो मेहनत सबैको साथ सहयोग मायाले आज यहाँ सम्म पुगेको छु । साथै २०७५ सालमा मैले ब्याचुलर पास गरे ।

जागिरे जीवनको अविस्मरणीय पल केहि छ ?
ठयाक्कै सम्झाउनु भयो । भन्दा आफ्नो प्रशंसा गरे जस्तो होला । मैले मेरो जागिरे जीवनमा नागरिकको सेवामा कहिले ढिलासुस्ती गरिन् । अहिले पनि सबै काम सकेजती छिटो छरितोनै हुनुपर्छ भन्ने मान्यता छ । अविस्मरणीय पल भन्नुभयो,रारा लिही गाविसमा वडा सचिवका रुपमा काम गर्दा राराको बत्तीलाइ सुधार गरे । त्यतिबेला कोहि नबनाउ कोहि बनाउ भन्थे ।

तर मैले आम जनताको सेवाका लागि नेतृत्व लिएर ढलेका पोल ठडयाइयो,तार हालियो । त्यतिबेलाको १८ लाख सम्म खर्चेर बत्ती बाल्न सफल भए । तर उपलब्धी के लाग्छ, त्यो बत्ती अहिले सम्म पनि जस्ताको त्यस्तै बलीरहेको छ । साहेत त्यो बत्तीको कुरा उठ्दा रारा लिहीका हरेक मान्छेले मलाई सम्झीन्छन् होला भन्ने लाग्छ । मेरो जागिरे जीवनको एक सुखद अविस्मरणीय तथा उपलब्धी ठान्छु ।

उत्प्रेरणाको स्रोत कसलाई भन्नु हुन्छ ?
मेरो जीवनको उत्प्ररेणाको स्रोत भनेकै मेरा बुबा आमा हुनुहुन्छ । भने, घरको आयस्रोत थिएन् । बा आमाले कृषि गरेरै पढाउनु भयो । बुबा सामान्य साक्षर भएपनि छोराहरुलाई पढाउनुपर्छ भन्ने सोच थियो । समग्र रुपमा मेरो उत्प्ररेणाका स्रोत बा आमा, शिक्षक भुपु नारायण मिश्र सर लगायत गाउँका साथीभाइ शुभ चिन्तकहरु उत्प्रेरणाका स्रोत हुन् ।

दाम्पत्य जीवन ?
मेरो विवाह २०५४ सालमा भएको हो । त्यतिबेला माघि विबाह गर्ने चलन पनि ब्याप्त थियो । तर मेरो भागी विबाह (लभ म्यारीज भयो । अहिलेको जस्तो फोनको जवाना थिएन् । त्यतिबेलाको चलन चल्ती अनुसार गोठ खेल्न जाने चलन थियो । भेटघाट बढी गरिन्थ्यो । मैले पहिलानै मन पराएकोले प्रस्ताव राखेको थिए । तिला ५ खोलीगाउँबाट मन पराएकै मान्छे संग विबाह भयो ।

बाल्यवस्थाको सम्झिने पल  केहि छ ?
बाल्यवस्थामा सामान्य रमाइलो धेरै भयो । तर त्यसमा पनि सबैभन्दा रमाइलो पल भनेकै साथीहरु मिलेर काख्रा चोर्न जान्थेउ । साथै दुखद पल भनेको कालिकोटमा शुरुमा सिफारिस भएपछि त्यतिबेलाको सरकार र द्धन्द्धरत पक्षबाट मैले ठुलो दुख पाए ।

संघियतालाई कसरी लिनु भएको छ ?
संघियता निकै राम्रो व्यवस्था हो । केन्द्रित राज्य व्यवस्थालाई विकेन्द्रीतकृत गरेर जनताका घरघरमा विकास पु¥याउनु अर्थात काठमाडौँको सिहंदरबार घरमा पु¥याउनु राम्रो पक्ष हो । संघियता राज्य संचालनका लागि आफैमा एक राम्रो प्रणाली हो । धेरै देशमा संघियता सफल भएका छन् । आर्थिक रुपमा सक्षम तथा नेतृत्व, आचरण सफा हुनु पर्दछ ।

सफल कसरी हुने ?
सफल भन्ने शब्द उच्चाहरणमा जती मिठो र सजिलो छ । प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्यता, मेहनत गर्ने धेरै महोत्वकाँक्षी नभए सफल व्यक्तिको जीवन संर्षघलाईलाई अध्यायन गर्ने, बौद्धिक व्यक्तिको संगत गर्ने सबैभन्दा ठुलो धैर्यता राख्ने लक्ष्य प्राप्तीका लागि निरन्तरता दिनुपर्छ ।

आगामी लक्ष्य के छ ?
मेरो आगामी लक्ष्य कुनै ठुलो छैन् । किन भने जागिरे जीवनमा मेरो सेवा प्रवाहबाट कुनै नागरिक असन्ुतष्ट रहेको पाएको छैन् । म पदमा कार्यरत रहँदा सरकारले दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने संकल्प छ । आगामी लक्ष्य रिटायर जीवनपछि राजनीति गर्ने,यसो उसो गर्ने ठुलो कुनै आकाक्षा छैन् । विशुद्ध पारिवारिक वाताबरणमा बस्ने र समाज सेवा गर्ने नै लक्ष्य छ ।

तपाईको प्रतिक्रिया