जुम्लाकाे सिंजामा बस दुर्घटना,दुई जनाकाे मृत्यु,दुई घाईते

सागर परियार जुम्ला ।
जुम्लाकाे सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । कनकासुन्दरी गाउँपालिकाकाे गुठिज्युलाबाट नेपालगन्ज तर्फ जाँदै गरेकाे यात्रुबाहक बस आज विहान दुर्घटना हुदाँ घटना स्थलमै चालक र सहचालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

प्रहरीका अनुसार घाईते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाकाे एम्बुलेन्स सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याईरहेकाे छ ।

घटनास्थल तर्फ प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टाेली पनि गएकाे छ । पुजिअ बिजया कुमारी प्रसाईका अनुसार हाल सम्म २ जनाकाे मृत्यु र २ जना घाईते भन्ने जानकारी छ । बाँकि घटनास्थलमै पुगेपछि विवरण आउने उहाँकाे भनाई छ । बस के कति कारणले दुर्घटना भएकाे हाे भन्ने खुलेकाे छैन् ।
भने,घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।

 

प्रतिक्रिया दिनुहोस