तातोपानीका सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

सागर परियार जुम्ला ।


तातोपानी गाउँपालिकाका विद्यायलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम सञ्चालन गरिएको छ । समयको विकास संगै विद्यालयमा पनि प्रविधिको प्रयोग आबश्यक देखिएकोले तातोपानी गाउँपालिकाको शिक्षा शाखा शाखाले पालिकाका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने अभियान थालेको हो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन तातोपानी गाउँपालिका भित्रका २८ वटा विद्यालयका प्रधानाध्यापकलाई तीने दिने सूचना संचार तथा प्रविधि सम्बन्धी तालिमको आयोजना गरिएको छ । जिल्लामै पहिलो तालिमका रुपमा तातोपानी गाउँपालिकाले बुधबारदेखि तीन दिन सम्म प्रधानाध्यापकहरुलाई सूचना संचार तथा प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

तालिममा तातोपानी गाउँपलिका भरीका २८ विद्यालयका प्रधानाध्यापक सहभागि भएको तातोपानी गाउँपलिका शिक्षा शाखाका प्रमुख सुरत शाहीले बताए । उहाँका अनुसार सामुदायिक विद्यायललाइ प्रविधिमैत्री बनाउने लक्ष्यका साथ प्रअहरुलाई तामिलको आयोजना गरिएको हो ।

तालिममा शिक्षकलाई प्रविधिको प्रयोग तथा सूचना संचार सम्बन्धी सैदान्तीक तथा प्राविधिक कुरा सिकाइएको छ । तीन दिन सम्म सञ्चालन हुने तालिममा तातोपानी गाउँपालिकाका आइटी ऋषिकेश उपाध्यायले प्रशिक्षण गराउने छन् । साथै दिपराज रावत,विजयकुमार शाही र सुरत शाहीले समेत सूचना संचार प्रविधिका बारेमा सिकाउने छन् ।

तालिममा सहभागी हिम शिखर माविका प्राधानाध्यापक धन बहादुर रोकायाले प्रविधिमैत्री विद्यालय बनाउन तालिम फलदायी हुने बताए । उनले भने,“विद्यालय सुधार,प्रविधि मैत्री विद्यालय निर्माण ता शिक्षकको क्षामता बृद्धिका लागि तातोपानी गाउँपालिकाले पछिल्लो समय कार्यक्रम गर्दै आएको छ । यस्ता तालिम र छलफलले विद्यालय सुधार संगै शैक्षिक सुधारमा टेवा पुग्ने देखिन्छ ।”

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको पहुँच बृद्धि गर्न तथा आर्कषण बढाउनका लागि शैक्षिक कार्यक्रमहरु बढाउन आबश्यक रहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार तातोपानीले शिक्षा क्षेत्रको विकास लागि आबश्यक लगानी गर्दै आएको छ ।

बुधबार देखि शुरु भएको सूचना संचार तथा प्रविधि विषयक तालिम आगामी मंसिर १७ गते शुक्रबार सम्पन्न हुने तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस