जुम्लामै महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर सञ्चालन


सागर परियार जुम्ला । 


जुम्लामा महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर गरी सञ्चालनमा आएको छ । एटु जेट अटो पार्टस एण्ड सर्भिस सेन्टरले महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । बुधबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीद्धारा सर्भिस सेन्टरको उद्घाटन समेत गरिएको छ ।
महिन्द्रा कम्पन्नी अन्तरर्गत अग्नी गुरुपका डिजी युवक सिंहले महिन्द्रा कम्पन्नीले गाडी मात्र विक्री गर्ने नभइ दुर्गममा सस्तो सुलभ गाडीको मर्मत सेवा पनि सञ्चालन गर्ने नीति लिएको बताए ।

उहाँले भन्नुभयो,“नेपालभर महिन्द्रा कम्पन्नीका मात्रै ४० देखि ४५ हजार गाडी चलिरहेका छन् । त्यसमा कर्णाली प्रदेशमा ७ हजार बढी महिन्द्रा कम्पन्नीका गाडी गुडिरहेका छन् । जुम्लामा सर्भिस सेन्टर स्थापना हुनु खुसीको कुरा हो । दुर्गमका उपभोक्ताले राहत पाउने छन् ।”

विगत ३० वर्षदेखि नेपालमा सेवा गर्दै आएको महिन्द्रा कम्पन्नीका हाल सम्म ९० वटा सर्भिस सेन्टर रहेका छन् । चालु आर्थिक वर्षमा १ सय सर्भिस सेन्टर सञ्चालन गर्ने लक्ष्य रहेको डिजी सिंहको भनाई छ ।

सर्भिस सेन्टरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले जुम्लामा महिन्द्रा कम्पन्नीका गाडीको चाप बढिरहेको अबस्थामा सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु सुखद पक्ष भएको बताउनुभयो । चाडै जुम्लामा महिन्द्रा कम्पन्नीको सोरुम पनि सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।

एटु जेट अटो पार्टस एण्ड सर्भिस सेन्टरका सञ्चालक पदम बहादुर भण्डारीले ५५ लाख लगानीमा जुम्लामै सर्भिस सेन्टर सञ्चालन गरिएको बताउनुभयो । महिन्द्रा कम्पन्नीका सबै खाले गाडी मर्मत गरिने तथा सबै पार्टपुर्जा जुम्लामै पाईने छन् ।

उहाँले भन्नुभयो,“जुम्लामा महिन्द्रा कम्पन्नीको सर्भिस सेन्टर नहुँदा ६÷७ हजार लाग्ने पार्टपुर्जाको मर्मत गर्न ४०÷५० हजार खर्चेर सुर्खेत काठमान्डौ जानुपर्ने बाध्यता थियो । साविक कर्णालीका नागरिकको राहतका लागि जुम्लामै सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।” सर्भिस सेन्टर सञ्चालनमा ल्याएपछि १० जना यूवाले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया