मतदाता नामावली संकलनमा सहजीकरण गर्न नेकपा एस पार्टी जुम्लाको निर्देशन


जुम्ला ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) जुम्लाले फोटोसहितको मतदाता नामावली संकलनमा सहजीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंसिर १७ गतेदेखि निर्वाचन आयोगले फोटोसहितको मतदाना नामावलीको संकलनको कार्य थालनी गरेकोले नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकमा नेता कार्यकतालाई यस्तो निर्देशन दिएको हो ।
बैठकमा कार्ययोजना प्रस्तुत गर्दै नेकपा एकिृकत समाजबादी पार्टीका जिल्ला अध्यक्ष तिर्थ बुढाले पार्टीका सबै गतिविधिहरु आगामी निर्वाचन केन्द्रित हुने बताए । उनले भने,“ गाउँगाउँमा एकिकृत समाजबादी पार्टीको संगठन विस्तार, मतदाता नामावली संकलनमा स्थानीयको सहभागिता बढाउने, सचिवालय गठन गर्ने, विभिन्न विभाग गठन गर्ने लगायतका चुनाव केन्द्रित गतिविधि बढाईने छ ।”
अध्यक्ष बुढाले मंसिर १७ गतेबाट शुरु हुने मतादाता नामावली संकलनको कार्यलाई प्रभावकारी बनाउन र मतदाता नामावली भर्न उमेर पुगेका नागरिक छुट्न नहुने भन्दै गाउँगाउँमा परिचालन हुन समेत निर्देशन गरे ।
उनले भने, “पुर्ण बैठकलाई जिल्ला कमिटिलाई पुर्णता दिने, यूवा, महिला विभाग तथा सचिवालय गठन गरिने छ । कार्ययोजना निर्माण गरिने छ । वडा देखि गाउँगाउँमा संगठन विस्तारको बढाईने छ ।”
कम्युनिष्ट आन्दोलनलाई सफल बनाउने जिम्मेवारी एकिकृत समाजबादी पार्टीको काँध आएको समेत अध्यक्ष बुढाको भनाई छ । केपी ओलीको अराजकता र दम्बविरुद्ध एकिकृत समाजबादी पार्टी नयाँ बैकल्पीक शक्तिका रुपमा अगाडी उभिएको हो ।
यस्तै विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) मा प्रबेश गरेका छन् । एकिकृत समाजबादी पार्टीको दोस्रो पुर्ण बैठकका अबसरमा ३० जना बढीले पार्टी प्रबेश गरेका हुन् । नेकपा एमाले पार्टी परित्याग गरेर तातोपानी गाउँपालिका वडां ४ गौतमबाडाका मात्रै डेढ दर्जन र अन्य पार्टीका गरी ३० जनाले एकिकृत समाजबादीमा प्रबेश गरेको पार्टी सचिव आदीप्रसाद न्यौपानले बताए ।
उनका अनुसार पार्टी प्रबेश गर्ने सबैलाई एकिकृत समाजबादी पार्टीमा स्वागत गरिएको छ । बैठकमा सहभागी कार्यकर्तालाई अध्यक्ष बुढाले आगामी निर्वाचनमा एकिकृत समाजबादी पार्टीलाई स्पष्ट मत आउने गरी गाउँगाउँमा खटिन समेत सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस