तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धितालमाथि दुव्र्यवहार


सागर परियार जुम्ला ।


तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल माथि कार्यकक्षमै हातपात तथा दुव्र्यवहार भएको छ । योजनाको भुक्तानीका विषयमा बिवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्ययाले प्रमुख प्रशासकिय अधिकृत धितालमाथि आक्रमण तथा हातपात गरी दुव्यवहार गरेको तातोपानीकाका कर्मचारीद्धारा जारी संयुक्त विज्ञेप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,“उपाध्यक्षका श्रीमान लक्ष्मीप्रासद उपाध्यायले योजनाको प्रक्रिया नपुगेको भुक्तानी माग्न खोज्दा सो विषयमा विबाद उत्पन्न गरी कार्यालय प्रमुख विष्णु प्रसाद धिताल माथि आक्रमण गरी हातपात गरेको र उपाध्यक्ष स्वयम आफुले म हाल कार्यबाहक अध्यक्ष भएको,र मैले भने,आजैका मितिदेखि कार्यालयमा उपस्थित नहुन भनी दिएको धम्कीको प्रति सम्पुर्ण कर्मचारीहरु घोर भत्र्सना गर्दछौ ।”

साथै कर्मचारीलाई सहज ढंगबाट काम गर्ने वाताबरण नभएकोले आउदो आइतबार सम्म उक्त विषयमाथी छलफल भएर निकास नआए सम्म गाउँपालिकाका सबै कामकाज ठप्प गर्ने समेत चेतावनी दिएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले आफुमाथि उपाध्यक्ष गंगादेखि उपाध्याय र उनका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायले हातपात गर्न खाजेको तर कर्मचारीसाथीले बचाएको बताए । उनले भने,“कोल्डस्टोरको जग्गा सहकारीका नाममा नभए सम्म भुक्तानी दिन मिल्दैन् । अहिले मन्जुरी नामा मात्रै छ । प्रक्रिया नपुगेकै कारण भुक्तानी गरेर पनि खाता रोक्का गरिएको हो । मलेपा,आलेपले पनि जग्गा सहकारीका नाममा नभए सम्म भुक्तानी नदिन भनेको छ । प्रक्रिया मिलाउने भन्दा दादागिरी देखाएर उपाध्यक्ष र उनका श्रीमानले हातपात गर्न खोजेर दुव्र्यवहार गरेका हुन् ।”

यता उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले भने,प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन् । खाता फुकुवा गर्ने विषयमा विबाद,भनाभन भएको तर हातपात भने नभएको उपाध्यायको भनाई छ ।

काम सम्पन्न भएर सबै प्रक्रिया पुरा गरी भुक्तानी लिनुपर्ने ९ लाख ५० हजार रुपैया खाता आएको तर खाता रोक्का भएकोले फुकुवा गरिदिन अनुरोध गरेको थिए । लक्ष्मीप्रसाद उपाध्यायले भने,“तर हाकिमले मेरो बैंक खाता किन रोक्का भयो, फुकुवा नहुनुका कारण के हो निवेदन चाहियो अदालत जान्छु भन्दा पनि निवेदन दिन आलटाल गरे । पछि निवेदनमा काम नभएको,प्रक्रिया नपुगेको भनेर लेखेपछि त्यहि मैले निवेदन च्यातेको हुँ । ”

अन्य सोही प्रकृतिका योजना भुक्तानी भइसकेको तर कृषि उत्पादन सामुहिक स्याउ बगैचा,सामान सामाग्री व्यवस्थापन कोल्डस्टोर निर्माण योजनाको भुक्तानीमा भने आलटाल गरेको देखिन्छ ।

साथै प्रमुख प्रशासकिय अधिकृतले घुस मागेको तर नदिएकै कारण मेरो भुक्तानीमा ढिलासुस्ती गरेको लक्ष्मीप्रसाद उपाध्यायको आरोप छ । भने,निश्चित केहि व्यक्तिको इसारामा चलेर भुक्तानी नगरेको समेत उनले आरोप लगाए । तर यता प्रमुख प्रशासकिय अधिकृत धितालले घुस मागेको भन्ने कुरा झुट्टा आरोप मात्र भएको दाबी गरे ।

अहिले सम्म घुस मागेको कुनै प्रमाण भए देखाउन समेत उनले उपाध्यायलाई चुनौती दिएका छन् । प्रक्रिया नमिलाएर ल्याएका काम गर्न नमान्दा विभिन्न आरोप लगाएको समेत धितालको भनाई छ । उपाध्यक्ष गंगादेखिव उपाध्यायले पनि हातपात गर्न खाजेको र गैरजिम्मेवारी रुपमा बोलेको समेत धितालले बताए ।


यस विबादका विषयमा उपाध्यक्ष गंगादेखि उपाध्यले राख्नुको भएको भनाई जस्ताको त्यस्तैः
आज मिति २०७८ साल मंसिर १७ गतेका दिन म तातोपानी गाउपालिको कमकाजको शिलशिलामा गाउँ पालिकाको कार्यलयमा गयको बेलामा मुख्यमन्त्री कार्यक्रम ,र सासद बिकास कोषको रकम म अनुगमन समिति को संयोजकको अनुगमन रिपोर्ट बिना रकम भुक्तानी गरि उपभोक्ताको खातामा हालि बैकलाई चिठी लेखी खाता बलकमा राखेर मलेप आयको बेलामा जागिरको डरले उपभोक्तालाई ललाई फकाई गरि योजनाबाट घटेको पैसा फिर्ता गर्न लगाई आजभोलि उपभोक्ता खाता फुकुवा गरिपाउँ भनेर गाउपालिकमा आयपछि उपाध्यक्षले अनुगमन रिपोर्ट नदियको आरोप लगायर बारम्बार उपभोक्तालाई दुख्खदिने र मैले एक बर्ष अगाडि अनुगमन रिपोर्ट दियका योजना पनि अहिलेसम्म नियतबस प्रमुख प्रसाशकिया अधिकृत बिष्णु प्रसाद धिताल ,योजना शाखा, लेखा शाखा ,प्राबिधिक शाखाको मिलोमतोमा योजनाको भुक्तानी दिने भन्दा पनि योजनाको म्याद थप गर्ने अनि अनुगमनको रिपोर्ट आयको छैन भनेर बारम्बार आरोप म माथि लगाई राख्ने प्रमुख प्रशासकिय अधिकृतले सधैं कानुकाका कुरा।गर्ने तर आफ्नो मन परेको ठाउको योजना कानुन भन्दा बाहिरबाट काम गरेको छ।

जस्तै गिडिखोलाको खानेपानी को मुहान दर्ता नै नगरेर सम्झौता गरि पेश्कि गयको छ जस्तै सांसद बिकास कोषको कोल्ड स्टोरको।जग्गा पास खोज्नेले।अध्यक्ष कार्यक्रममार्फत बनेको दशलाखको भवनको जग्गाको न मन्जुरी नामा छ नलिजको सम्झौता छ त्यसको भुक्तानी कसरी।गरियो यो त उदाहरण मात्रै हुन यस्तै बिषय र योजना धेरै छन मैले भुक्तानी दिन मिलने भय दिनुस मिलदैन भने प्रकृयामा जान्छु भन्नेलाई जान दिनुस भनेर भन्दा उल्टै प्रमुख प्रशासकीय अधिकृतले श्रिमानको पक्ष लियर बोल्न आउने भनेर म उपाध्यक्षमाथि धम्कीपूर्ण भाषा बोलि हातपा गरि रहेको बेलामा अन्य कर्मचारी गोपिकृष्ण पाण्डे ओमबहादुर चन्द ऋिषि केस उपाध्याय लगायतका कर्मचारी हरू मुख दर्शक बनेर हेरीराखेका बेलामा मेरो श्रिमानले मेरा सुरक्षाको लागि उठेकै हो ।तर हातपात गरेका छैनन् ।

मैले हाकिमले मलाई अपहेलित गरेको कारण मैले हाकिमलाई समातेकै हो ।अब मलाई कर्मचारीहरूले अपेलिहित गरेर गाउपालिका कार्यलयमा नै म उपाध्यक्ष माथि हातपात भयको कारण मेरो पदको मानहानि गरि मलाई जहिलेपनि बयाक्तिगत रूपमा मेरो श्रिमान संग मात्रै जोडि राख्ने भयकोले म आज सम्म सहेर बसेको हो आज देखि आपति छ म अदालत जान्छु ।

बिवाद र चर्काचर्की भन्दा पनि सार्वजानिक चासोका विषयमा छलफल र नियमसंगत ढंगबाट समस्याको समधान गरिनुपदर्छ । अन्यथा व्यक्ति विशेष विबादका कारण आम नागरिकले दुख पाउनु राम्रो पक्ष हैन् ।

तपाईको प्रतिक्रिया