सहुलियत कर्जाका लागि तिला गाउँपालिका १५० उद्यमी छनोट


सागर परियार जुम्ला ।


तिला गाउँपालिकाका १ सय ५० जना नवउद्यमीले सहुलियत कर्जा पाउने भएका छन आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन बृद्धिका साथै जीविकोपार्जन सुधारका लागि तिलाका १ सय ५० नवउद्यमी सहुलियत कर्जाका पाउने भएका हुन् ।

तिला गाउँपालिकाले चालु आवमा नविल बैंक,राष्ट्यि यूवा परिषद र पालिकाकै त्रिपक्षीय सम्झौता तथा समन्वयमा आर्थिक समृद्धीका लागि नव उद्यमी छनोट गरी सहुलियत कर्जा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरेको छ । तिला गाउँपालिकाका १ सय ५० जना उद्यमीले विभिन्न व्यवसाय उद्यम सञ्चालनका लागि १४ करोड बढीको सहुलियत कर्जा पाउने छन् । कम्तीमा १० लाखदेखि करोड सम्म पनि कर्जा रहेको छ ।

जसमा सहुलियत कर्जाका लागि तिला गाउँपालिकाका ९ वटै वडाका ६ सय ३२ जना महिला,यूवा तथा अन्य नागरिकले फर्म भरेका थिए । ती मध्य व्यवसायको प्रकृति उद्यमी योग्यता क्षामतालाई मध्यनजर गर्दै सहुलियत कर्जाका लागि १ सय ५० जना उद्यमी छनोट भएको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सुखी नेपाली समृद्ध नेपालको राष्ट्यि आकांक्षा पुरा गर्न आर्थिक समृद्धी बिना सम्भव छैन् । शिक्षा,स्वास्थ्य,खानेपानी,पूर्वाधारको विकासले मात्रै समृद्धी हासिल हुदैन् । जव सम्म हरेक घरमा उद्यमी,आर्थिक विकासमा सक्रिय जनशक्ती हुनै पर्छ । त्यसैले उद्यमशीलता विपन्न नागरिकको जीवन सुधार आर्थिक विकास गर्ने लक्ष्यका साथ सहुलियत कर्जा कार्यक्रम अघि बढाएका छौ ।”

नवउद्यमी छनोटमा दलित,महिला र यूवालाई बढी प्रथामिकता दिइएको छ । सहुलियत कर्जाले तिलाका महिला,यूवाहरु जिल्लाकै नमुना उद्यमी बनेर देखाउने अध्यक्ष योगीले विश्वास व्यक्त गर्नुभयो ।

तिला गाउँपालिका भौगोलिक हिसाबले विकट भएपनि उद्यमीशता र व्यवसायीकता हिसाबले प्रचुर सम्भावना भएको पालिका हो । भेडा,बाख्रा,खराया पालन,कृषि व्यवसाय,अर्गानिक कोसेली घर सञ्चालन,सिलाईकटाइ,हातेहोजियारी,व्यवसाय,सिमि उत्पादन, व्यवसायीक स्याउ ओखर खेती लगायतका व्यवसायहरु गर्ने भनी प्रस्ताव पेश गरेका उद्यमीहरु सहुलियत कर्जाका लागि प्रथामिकतामा परेको राष्ट्यि यतिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन बहादुर रावलले बताउनुभयो ।

नव उद्यमीलाई ७ दिने तालिम
सहुलियत कर्जाका लागि छनोट भएका १ सय ५० जना नव उद्यमीलाई एक साता तालिम दिइने भएको छ । उद्यमीलाई वित्तिय साक्षरता,व्यवसाय,उद्योग सञ्चालन प्रक्रिया,सहुलियत कर्जा प्रक्रिया विषयमा सेचत गराउन तालिमको आयोजना गरिएको हो ।

तालिममा राष्ट्यि यूवा परिषदका प्रतिनिधि श्यामकाजी खत्री र नविल बैंक कर्णाली प्रदेशका प्रमुख गोपी पाण्डे सहुलियत कर्जा सहजीकरण तथा उद्यमशीलता वित्तिय साक्षर कार्यक्रका लागि जुम्ला पुगेका छन् ।

छनोट भएका उद्यमीहरुले नमुना काम गरेको खण्डमा १४ करोड मात्र नभइ आबश्यकता अनुसार अर्ब समेत लगानी गर्ने राष्ट्यि यूवा परिषदका प्रतिनिधि श्यामकाजी खत्रीले बताए । बैंक कर्णाली प्रदेशका प्रमुख गोपी पाण्डेले बैंकको लक्ष्य नाफा कमाउनु मात्र नभइ सामाजिक उत्तरदायित्व पनि भएकोले उद्यमशीलता विकासमा लगानी गरेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले नागरिकको आयआर्जन बिना आर्थिक समृद्धी सम्भव नभएकोले उद्यमशीलता विकासका लागि तिला गाउँपालिकाले थालेको कार्यक्रम प्रंशसनीय रहेको बताउनुभयो । सोमबार वित्तिय साक्षरता कार्यक्रम उद्घाटनका क्रममा तिला गाउँपालिका र नवि बैंक बीच सम्झौता पत्र हस्तान्तरण भएको छ ।

तपाईको प्रतिक्रिया