कनकासुन्दरी मा २७५ घरलाई आई.एन.एफद्वारा राहत वितरण

उमेश बुढा सिँजा ।


कनकासुन्दरि गाउँ पालिकामा आई एन एफले टुहुरा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला,दिर्घरोगि ,अति विपन्न व्यति , तीन महिना सम्म खान नपुग्ने व्यक्ति र कोभिड १९ प्रभावित व्यक्तिहरुलाई खाद्यान वितरण गरेको छ ।

वडा नम्बर १ मा ३४ ,वडा २ मा ३४, वडा नम्बर ३ मा ३४, वडा नम्बर ४ मा ३५ वडा नम्बर ५ मा ३५,वडा नम्बर ६ मा३४ ,वडा नम्बर ७ मा ३४ र वडा नम्बर ८ मा ४० जना व्यक्तिहरुलाई स्थानीय सरकारले छनोट गरेर आइ एन एफले राहत दिएको छ ।

एकजना व्यक्ति बराबर चामल ६० पन, दाल १५ पन, चिनि ४ पन तेल ५ लिटर , खुर्सानी १०० ग्राम ,जिरा १०० ग्राम धनिया १०० ग्राम र हात नुहाउने साबुन २ चक्कि दिएको भोल्नटियर लाल वहादुर बुढाले बताए ।

प्रत्येक वडाको पायक पर्ने स्थानमा खाद्यान्न वितरण गरको अनुगमन तथा रिपोर्टिङ अधिकृत फालुराम चौधरीले बताए ।

चौधरीका अनुसार खाद्यान्न बोकेर आफ्नो घर सम्म लिन नसक्ने व्यक्तिलाई लेबर लगायर घरसम्म र्पुयायको उनले बताए । जुन व्यक्तिले राहत पायकोछ त्यहि व्यक्तिले तीन पटक सम्म पाउने पनि चौधरीले बताए ।

चन्दनाथ नगर पालिका र कनकासुन्दरि गाउँ पालिकामा तीन किस्ता खाद्यान्नको कुल लागद रकम एक करोड छ लाखको परेकको कोभिड प्रतिकार्य मेनेजर श्याम विश्वकर्माले बताए ।

कनका सुन्दरीमा वितरण गरि सकेको छ भने चन्दनाथ नगर पलिकामा आइतबारबाट बाँडिने आई एन एफले जनाएको छ ।

आई एन एफले दियको खाद्यान्नले मेरो घरमा पहिले पटक दियको राहतले तीन महिना सम्म खान पुगेकोछ , राहत पाउनु भएका धर्मलाल प्याकुरेलले बताए ।

दाल,चामल ,तेल लगायत सबै सामान राम्रो छ , पहिला भन्दा अहिले के खाउ बिहान र बेलुकाको छाक कसरी टार्ने हो भन्ने चिन्ता हटेको छ । हामी गरिब ,अपाङ्ग ,दिर्घ रोगिले यसरी राहत पाउँदा खुसि भयको प्याकुरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस