पेस नेपाल जुम्लाको कर्मचारी आवश्यकता सम्वन्धी सूचना


                                                                              आवश्यकता

                                                              सूचना प्रकाशित मिति २०७८।०९।०८
पेस नेपाल जुम्ला कर्णाली प्रदेशको एक प्रतिष्ठित गैर सरकारी संस्था हो । जसले २०६६ साल देखि विपत जोखिम न्यूनिकरण, जलबायु परिबर्तन अनुकुलन, खानेपानी सरसफाई स्वच्छता, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, कृषिलगायतका क्षेत्रमा बिषेश योगदान गर्दै आईरहेको छ । आगामी समयमा संचालन हुने परियोजनाका लागि तपशिलका पदहरुमा जुम्ला, सुर्खेत, दैलेख, मुगु र कालिकोट जिल्लामा कार्यक्षेत्र भई कार्यक्रम सन्चालन गर्न दक्ष, प्रतिबद्ध र अनुभबि ब्यक्तिहरुबाट दरखास्त आबहान गरिन्छ । तपशिलका पदहरुमा ६ महिना समयाबधि रहने छ र संबन्धित गाउँकालिका, नगरपालिका र परियोजनाको आधारमा कार्य अबधि बिस्तार हुन सक्ने छ । उक्त पदहरुमा ईच्छुक ब्यक्तिहरु का लागि योजना, ब्यबस्थापन, कार्यान्वयन, सामाजिक परिचालन, अनुगमन तथा प्रतिबेदन लेखन लगायतका क्षेत्रमा निर्दिष्ट योग्यता बमोजिमका मापदन्डहरु पुरा गरेको हुनुपर्ने छ ।
बिज्ञापन गरिएका पदहरु ः
ड्ड परियोजना संयोजक— १ जना
ड्ड बित्त अधिकृत — १ जना
ड्ड कृषि अधिकृत — १ जना
ड्ड बन अधिकृत — १ जना
ड्ड सिभिल ईन्जिनियर — १ जना
ड्ड लधुउद्यम बिकास अधिकृत —१ जना
ड्ड मिल अधिकृत — १ जना
ड्ड ओभरसियर केहि जना
ड्ड लजिस्टिक अधिकृत — १ जना
ड्ड रेन्जर — १ जना
ड्ड कृषि तथा पशु प्राबिधिक (केहि जना)
ड्ड सामाजिक परिचालकहरु (केहि जना )
ड्ड स्वयंसेबकहरु — ३५ जना
दरखास्त प्रकृया
ईच्छुक ब्यक्तिहरुले संबन्धित पदहरुको बिस्तृत बिवरणको लागि [email protected] मा निबेदन, अध्याबधिक ब्यक्तिगत बिरण (बायोडाटा), दुई जना सन्दर्भ ब्यक्तिको बिस्तृत बिबरण सहित पदपुर्ति समितिमा पेश गर्न अनुरोध गरिन्छ । सुचना प्रकासित भएको मितिदेखि ७ दिनभित्र (३० डसेम्बर २०२१) तारेखसम्म दरखास्त पेश गरिसक्नु पर्ने छ । बिस्तृत जानकारीको लागि www.pacenepal.world अथवा पेस नेपाल जुम्लामा सम्पर्क गर्न सक्नु हुने छ ।
प्रारम्भिक छनौटमा परेका उम्मेद्धारहरुलाई मात्र अन्य छनौट प्रक्रियाको लागि सम्पर्क गरिने छ । दक्ष, महिला, सिमानतकृत समुदायका उम्मेद्धारहरुलाई प्राथमिकतामा राखिने छ । अन्तिम निर्णय गर्ने अधिकार पेस नेपालमा रहने छ ।

तपाईको प्रतिक्रिया