चन्दननाथकी मेयर कान्तिका सेजुवाल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा १ हजार ८५२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनी जुम्ला काँग्रेस इतिहासमा पहिलो निर्वाचित केन्द्रीय सदस्य हुन् । यसअघि काग्रेस नेता दीनवन्धु श्रेष्ठ मनोनित केन्द्रीय सदस्य भएका थिए ।
चन्दननाथ नगरप्रमुखसमेत रहेकी सेजुवालले कांग्रेसको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट उम्मेदवार दिएकी थिइन् । कांग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवालको हवाईजहाज दुर्घटनामा परी मृत्यु भएपछि उनकी पत्नी कान्तिका कांग्रेस जुम्लाको राजनीतिमा उदाएकी हुन् ।
स्नातकोत्तर अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयर पदका एमाले उम्मेदवार नेता शान्तिलाल महत र माओवादी उम्मेदवार नेता अशोक श्रेष्ठलाई पराजित गर्दै सेजुवाल मेयर पदमा निर्वाचित भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस