सय रुपैयाको बिमाबाट किसानले पाए २ लाखको राहत


सागर परियार जुम्ला ।


गुठिचौर गाउँपालिका १ निवासी निमा तामाङले स्याउ बिमा गरेका थिए । करिब एक सय विरुवाको ४ हजार २ सय तिरेर बिमा गरे । जसबाट उनले स्याउमा क्षती भए पश्चात प्रति बोट क्षतीको प्रकृतिको अनुसार ५ देखि २५ सय सम्म पाउने बिमा पोलेसि छ । तामाङले स्याउ बिमा संगै १ सय रुपैया थपेर किसान दुर्घटना बिमा पनि गरेका थिए । भैपरी आउने दुर्घटनाबाट किसानलाई राहत दिन शिखर इन्सोरेन्सले एक सय रुपैयामा बिमा गरेर २ लाख दाबी भुक्तानी दिने योजना ल्याएको छ ।

गएको असोज १७ गते बिमित निमा तामाङको भालुको आक्रमणबाट मृत्यु भयो । गुठिचौर ५ झारज्वालामा जंगली भालुको आक्रमणबाट मृत्यु भएका निमा तामाङकी श्रीमती छिरिङ ल्हामु तामाङलाई शिखर इन्सोरेन्स शाखा जुम्लाले २ लाखको बिमा दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

आइतबार शिखर इन्सोेरेन्सका शाखा प्रबन्धक दिप दर्शन फडेराले छिरिङ ल्हामु तामाङलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । १ सयको दुर्घटना बिमा गर्दा २ लाख राहत पाउँदा किसान तामाङ खुसी छन् ।

शाखा प्रबन्धक फडेराले भने,“मौसममा आधारित स्याउ बिमाका लागि बिमितले १ सय विरुवाका लागि ४२ सय तिरेका थिए । काम गर्ने क्रममा भैपरी आउने क्षतीबाट किसानलाई राहत दिन १ सयमा २ लाख राहत दिने बिमा योजना ल्याएका हौ । सोही अनुसार श्रीमानको मृत्युपछि श्रीमती छिरिङ ल्हामु तामाङ २ लाखको चेक हस्तान्तरण गरियो ।”

यस अघिपनि १ सय रुपैयाको बिमा गरेका चन्दननाथ नगरपालिका ५ निवासी रत्नराज गिरीलाई पनि २ लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रमुख फडेराको भनाइ छ । स्याउ बिमा संगै किसानको दुर्घटना बिमाले किसानलाई ठुलो राहत दिने देखिएकोले यसबारे गाउँगाउँमा गएर बिमा शिक्षा प्रदान गर्न आबश्यक रहेको छ ।

अझै बिमा शिक्षाको अभावले जुम्लाका अधिकांश किसान बिमाको पहुँच भन्दा बाहिर रहेका छन् । स्याउ बिमित किसानलाइ करिब साढे २ करोड बिमा दाबी भुक्तानीको तयारी गरिएको शिखर इन्सोरेन्स जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया