दृष्टिविहीन २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

उमेश बुढा,सिँजा   ।

 सिँजा गाउँपालिका वडा नम्बर ३ को भैरव माध्यमिक विद्यालय नराकोटमा अध्यानरत वा छात्रबासमा बसिरहेका २५ जना दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

पलान इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपालको साझेदारीमा शारीरिक दृष्टि विहीनहरुलाई जाडो हटाउनको लागि न्यानो कपडा दिएको कार्यक्रम संयोजक रविन प्रसाद शर्माले बताए ।

ट्याकसुट २५ थान, ज्याकेट १५ थान, बल्याङ्गकेट १२ थान पञ्जा २५ थान,ब्रेल पेन २५ थान, स्पिकर र पेनडाइप १२ थान , तन्ना १२ थान ,डस्ना १२ थान ,सिरानी १२ थान , उनको टोपि १२ थान, जुता १२ थान , र मोजा २५ थान सामानको कुल लागत रकम रु ४ लाख ८२ हजार रुपैयाँ बराबरको न्यानो कपडा उपलब्ध भएको उहाँको भनाइ छ ।

हिउँदको समयमा सिजामा जाडो धेरै हुने भएकोले चिसो टार्नको लागि होस्टेलमै बसेका दृष्टि विहिन हरुलाई न्यानो कपडा दिने संस्थाले उद्येश्य राखेको शर्माले बताए ।

जाडो समयमा हामी दृष्टि विहिनलाई अहिलेसम्म राजनितीक दल, स्थानीय सरकार ,संघ सस्था लगायत कोहि कसैको नजर नरहेको तर अहिले पलान इन्टरनेशनल नेपालले यसरी न्यानो कपडा दिदा हामीलाई चिसोबाट बचाउनको लागि महत्त्वपूर्ण भुमिका खेलेकोमा सस्थालाई धन्यवाद , र हामी पनि खुसि भएको दृष्टिविहिन दत्त बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस