सुत्केरी आमाले प्रसुति प्रोत्साहन भत्ता नपाएको गुनासो


जुम्ला ः पातारासी गाउँपालिका स्थित डिल्लीचौर चौकी र छुमचौर स्वास्थ्य चौकी अन्तरगतका सुत्करी आमाहरुले प्रसुति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।
राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति र तत्काल आमा बच्चालाई आर्थिक रुपमा समस्या नहोस् अर्थात स्वास्थ्य संस्थामा प्रसुतिका लागि ल्याउन आउन जान पनि सहज होस् भनेर सुत्केरी आमालाई प्रोत्साहन भत्ता उपलव्ध नगराएको हो ।
पातारासी गाउँपालिका ८ की करिश्मा बुढाले भनिन् सुत्केरी भएको ८ महिना वित्यो तर प्रसुति प्रोत्साहन भत्ता पाएका छैनौँ । प्रोत्साहन भत्ता समयमा पाएका भएर सुत्केरी अवस्थामा पोषिलो खाने कुरा खान सहज हुन्थ्यो, पहिला समय प्राप्त हुने गरेको थियो तर अहिले पाएका छैनौँ उनले भनिन् ।
चालु आर्थिक बर्षको दोस्रो चौमासिक वितिसक्दा पनि तत्काल पाउनु पर्ने प्रसुति प्रोत्साहन भत्ता नपाएको पातारासी गाउँपालिका ४ लुमगाउँकी सरस्वती कार्मीले गुनासो गरिन् । उनले भनिन् राज्यले सुत्केरी आमालाई सुरक्षित प्रसुतिका लागि तत्काल आर्थिकका कारणले समस्या नहोस् भनेर प्रसुति प्रोत्साहन भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो तर ८ महिना वितिसक्दा पनि रकम पाएको छैन । डिल्लीचौर स्वास्थ्य चौकीमा भदौ १० गते सुत्केरी भएकी हुँ तर अहिले फागुन महिला वित्न लागिसकेयो प्रसुति भत्ता नपाएको उनले गुनासो गरिन् ।
छुमचौर स्वास्थ्य चौकीमा सुत्केरी भएका ३१ जनाले पनि प्रसुति प्रोत्साहन भत्ता पाएका छन् ।
डिल्लीचौर स्वास्थ्य चौकीमा यस चालु आर्थिक बर्षको साउन महिना देखि प्रसुति भएका २९ जना आमाहरुले प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् भने नियमित चार पटक(चार,छ,आठ र नौ) महिना गर्भ चेकजाँच गराएका बापत थप ४ सय रुपैया पाउनु पर्ने ६ जना महिलाहरुले पनि पाएका छैनन् ।
छुमचौर स्वास्थ्य चौकीका इन्र्चाज प्रकाश सापकोटाका अनुसार गाउँपालिकाले प्रसुति प्रोत्साहन भत्ता स्वास्थ्य चौकीको खातामा जम्मा भएको छ भन्ने जानकारी भएको छ, अव तत्काल वितरण गरिने छ ।
पातारासी गाउँपालिकामा विरामी बोक्नका लागि स्टेचर नभएको महिला स्वयम् सेविकाले बताएका छन् । गाउँपालिका स्टेचर खरिद भएर आएको तर गाउँमा वितरण नभएको जनाएको छ ।
पातारासी गाउँपालिका प्रमुख लक्षिमन बोहोराले स्वास्थ्य चौकीको खातामा रकम निकासा भएको छ, अव वितरण हुने बताए ।
स्वास्थ्य चौकीमा खानेपानी नहुदा सरसफाईमा समस्या
डिल्लीचौर स्वास्थ्य चौकीमा खानेपानी नहुदा सरसफाईमा समस्या भएको छ । अनमी केमा बुढाका अनुसार गाउँमा एक धारा छ त्यसै धाराबाट पानी बोकेर काम चलाउने गरेका छौँ । गाउँमा ६०÷७० घरधुरी छन् गाउँमा पनि खानेपानी पुगेको छैन । बथिङ सेन्टरमा सुत्केरी सामाग्री निर्मलीकरण गर्नुपर्ने हुन्छ । तातोपानीको व्यवस्था छैन निकै समस्या छ उनले भनिन् समस्याका बाबजुत सेवा प्रवाह गरेका छौँ ।
स्वास्थ्य चौकीमा आवश्यक औषधि शुन्य मौज्दात
स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधि नभएका कारण समस्या भएको छ । आइरन चक्की गएको पुस महिना देखि शुन्य मौज्दात भएका कारण गर्भवती महिलाले खान नपाएको जनाएको छ । त्यसैगरी कोट्र्रिम एडल्ट, कोट्रिम(बच्चा), एमोक्सिसिलिन सिप्रो लगायतका औषधि गएको मंसिर पुस महिना देखि शुन्य मौज्दात रहेका छन् ।

स्वास्थ्य चौकीमा औषधि नहुदा निकै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा आएर मात्र केही हुदैन आवश्यक औषधि, उपकरण लगायतका सामाग्रीको व्यवस्थापन हुनुपर्ने हो तर त्यसो नहुदा समस्या भईरहेको छ ।

तपाईको प्रतिक्रिया