उमेश बुढा,सिँजा ।
जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ३ को ढ्याम गाउँमा एक घर एक धारो युनिशेफले बनाएको छ ।
वडा नम्बर ३ को एकान्त जङ्गलको बिचमा रहेको १४ घरधुरी भएको बस्तीमा अहिले घरघरमा पानीका धारा बनेका छन ।
यस भन्दा अगाडि हामी खोला र नाउलाको पानी खाँदै आयका थियौं । पानी ल्याउन जादा भिरालो ठाउँ भएकाले गाग्री लोटेर जाने, कुच्चिने हुन्थे राजकलि बुढाले बताइन् ।
ढ्याम भ्ऋम् विध्यालयमा पानी नभर विद्यार्थीहरुले घरमै गएर पानी खानु पर्थ्यो ,अहिले युनिशेफले ढ्याम गाउँमा घरघर धारा बनायर एउटा धारो विध्यालयमा जोडि दिएकोमा खुसि भएकिछु शिक्षिका निर्मला बुढाले भनिन् ।
सुरक्षित खानेपानी युक्त समुदाय ढ्याम खानेपानीमा वडा सरकारले लागत रकम रु २,००००० लाख र युनिशेफले रु ४ ,३९,५४५ रुपैयाँ हालेको व्यास सयोजक मुकुन्द वहादुर रावलले बताए ।
रावलका अनुसार शिक्षा ,स्वास्थ्य , खानेपानी ,बाल संरक्षण ,विपत जोखिम लगायतका क्षेत्रमा युनिशेफले सहयोग गर्दै आएको उहाँको भनाइ छ ।