जुम्लामा सडक अतिक्रमण हटाउने अभियान शुरु(तस्बिरहरु)


                                                                  पहिलो चरणमा निर्माण सामाग्री हटाइयो,नापीपछि संरचना पनि भत्काइने
सागर परियार जुम्ला ।


जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै रुपमा शुरु गरिएको छ । मनपरी रुप्मा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने,निर्माण सामाग्री हटाउन,परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ । बाक्लो सुरक्षाकर्मी सहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर,टहरा,पर्खाल,होटल लगायतका संरचना भत्काउन थालिएको हो ।

सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत जुम्लामा,सडक डिभिजन,प्रहरी प्रशासन,चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तरर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।
अतिक्रमण हटाउने बहस शुरु भएको करिब एकदशक पछि मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो ।

उहाँले भन्नुभयो,“वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाईमा सडक अतिक्रमण हटाउन बहस देखि सडक चक्काजाम गर्यौ तर सफल भएनौ । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो,प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान शुरु भएको छ । आम नागरिक खुसी छौ । सम्मान रुपले सडक अतिmमण हटाउन सबै जुट्नु पर्छ ।”

मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भन्नुभयो,“सडक अतिक्रमण हटाउन हामी जुटीसकेका छौ । पहिलो चरणमा बसर्पाक क्षेत्रको निर्माण सामाग्री हटाएका छौ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ ।”

सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिक बाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिरट चौडा हुनु पर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो ।

तर अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा,होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ । यसअघि अतिक्रमण हटाउने बहस निर्णय भएपनि कार्यान्वयन नभएपनि अब सडक अतिक्रमण हटाउन आफुले खुट्टा नकमाउने समेत प्रमुख श्रेष्ठको दावी छ ।

अतिक्रमण बजार क्षेत्र संगै जुम्लाको तातोपानी,लिताकोट,कुडारी,त्रिवेणी,रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ । यता प्रमुख जिल्ला विजयाकुमारी प्रसाईले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमती वा बल प्रयोग गरेर भएपनि हटाइने बताउनुभयो ।

सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन,सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आबश्यक रहेको प्रजिअ प्रसाइको भनाई छ ।

यदपी,मंगलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन,पर्खाल तथा निर्माण सामाग्री हटाइएको केहि स्थानीयले विरोध गरेका छन् । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ । सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केहि दिनका खाली नगरे सिधै डोजर प्रयोग गरेर भत्काइने समेत चेतावनी दिइएको छ ।

सडक डिभिजन जुम्लाले पटक पटक सार्वजानिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरेपनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन् । निर्णय हुने कार्यान्वयन नहुने प्रबृत्तीले बढेको सडक बढेको सडक अतिक्रमण हटाउन सरोकारवाला आक्रमक भएपनि आम सर्वसाधारण खुसी भएका छन् ।

वर्षेनिक सडक डिभिजनले करोडौ खर्चेर निर्माण गरेका सडकको ढल निकासा पनि अतिmत्रणमा परेका छन् । जसले आवत जावतमा समस्या,दुर्घटनाको जोखिम बढेको छ । अतिक्रमण बजार भन्दा गाउँमा बढी भएकोले अतिक्रमण हटाउने अभियान गाउँकेन्द्रित गर्न समेत तातोपानी २ का धिर बुढाको सुझाब छ ।

हाल निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमति सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षती प्रति कार्यालय जवाफदेहि नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपर गरीने छ ।

तपाईको प्रतिक्रिया