सर्वसहमतीबाटै नेकपा एमाले जुम्लाकाे नयाँ नेतृत्व चयन


कर्णाली पाेष्ट संबाददाता
नेपाल कम्युनिष्ट पार्टि एमाले जुम्लाले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । ८ औँ जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारी सहित ७५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसहमतीका आधारमा गठन गरिएको हो ।

अध्यक्षमा फेरि शान्तिलाल महतनै निर्विराेध चयन भएका छन् । अधिबेशनमा सहभागी प्रतिनिधिले महत पार्टि अध्यक्षका लागि सर्मथन गरे संगै महतले एमाले जुम्ला चलाउने जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नयाँ जिल्ला कमिटिकाे उपाध्यक्षमा सुरतवहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मान बहादुर रोकाया लगायत ५ जना पदाधिकारी सर्वसहमितबाट चयन भएको नेकपा एमाले जुम्लाले बताए ।

तिन वर्षको लागि नेकपा एमाले जुम्लाले नयाँ पदाधिकारी चयन गरेको हो । अध्यक्ष बाँहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा नेकपा एमाले जुम्लाले सहमतिबाटै जिल्ला कमिटी समेत चयन गरेको हो । सर्वसहमतिबाट नेतृत्व चयन गर्दै नेकपा एमाले जुम्लाले पार्टी कार्यकतालाई सकरात्मक सन्देश दिएको छ ।

पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी सर्वसहमितमा गठन भएकाले सोमबार विहान १० बजे पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको सचिव पाण्डेले बताए ।

 

तपाईको प्रतिक्रिया