मुगुको रुगा गाँउमा वर्षौ पछि पुग्यो खोनेपानीको धारा


शुभाकर विश्वकर्मा,मुगु । मुगुको जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाँउमा वर्षौ पछि खानेपानीको धारा पुगेको छ । वर्षौपछि गाउँमा खानेपानीको धारा पुगेपछि स्थानिय दंग परेका छन् । रुगा गाँउका स्थानिय विगतका वर्ष देखि कर्णाली नदिको दुषित पानी पिउदै आएका थिए । तर विभिन्न निकायको सहयोगबाट गाउँमा खोनपानी को धारा पुगेपछि गाउँले हर्षित भएका छन् ।

अव भने उनीहरुलाई कर्णाली नदिको दुषि पानी पिउने पर्ने बाध्यता हटेको स्थानियले बताएका छन् । गाँउका १ सय ५० घरधुरीले पहिलो पटक धाराको पानी पिउने अवसर पाएका हुन् । यसबाट ७ सय १० जना स्थानिय लाभान्वित भएका हुन्छन् ।

स्थानिय गैरसरकारी सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र को १ लाख ९६ हजार ९ सय ६ रुपैया, गुड नेवर ईन्टरनेस्नल बाट ३ लाख ७ हजार ९ सय ६ रुपैया र स्थानिय जनताको श्रमदान १ लाख ३१ हजार ८ सय ८५ रुपैया गरी जम्मा ६ लाख ३६ हजार ६ सय ९४ रुपैयाको लगानीमा रुगा गाउमा खानेपानी पुगेको हो ।

स्थानिय जुनकीसरा लावडले गाउँ मै धारामा पानी आउन थाले पछि खुसी लागेको छ । अब खानपि देखि सरसफाई गर्न निकै सहज हुने पनि आशा उनि जस्तै रुगा गाउँ बासीको छ । हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुका अध्क्षय मिन बहादुर रावलले स्थानिय खानेपानी उपभोक्ताको समस्यालाई मध्य नजर गरी यो आयोजना लागु भई सफल भएको बताए । अब गाउँमा खानेपानीको समस्याका कारण नदीको पानी पिउने समस्या नहरने बताइएको छ ।

तपाईको प्रतिक्रिया