‘मेडिकल हब’बन्दै जुम्लाको च्यारेचौर

सागर परियार,जुम्ला ।

जुम्ला चन्दननाथ नगरपालिका ३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य थालिएको छ । जुम्लामा मंसिर २६ गते राष्ट्पति विद्यादेवी भण्डारीले एमविविएस कार्यक्रमको शुभारम्भ गरेसंगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरुपव पूर्वाधार निर्माण काम थालिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकाम खलंगाबाट ६ किलोमिटर टाढा डाँफे लेखको तल च्यारे चौरमा एमविविएस अध्ययन र अध्यापनका लागि करिब दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।

एमविविएस सञ्चालनका लागि झण्डै २३ वटा शैक्षिक तथा प्रशासनिक,आवास भवन निर्माण हुदै छन् । कर्णाली प्रतिष्ठानका उपकुपति डा.मंगल रावल भन्छन,“प्रतिष्ठानले एमविविएस शुरु गरेपछि मेडिकल हवको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना अघि बढेको छ । च्यारेचौरलाई प्रतिष्ठानको दीर्घकालिन योजनानुसार मेडिकल हवको रुपमा विस्तार गरिने छ । एमविविएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न चन्दननाथ ३ का स्थानीय निःशुल्क जग्गा प्रदान गरेपछि मेडिकल हब बनाउने योजना शुरु भएको हो ।”

यदपी,२३ वटा भवन मध्य एक शैक्षिक भवन निर्माणको कार्य शुरु भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए । उनका अनुसार भवन निर्माणको जिम्मा ३ सय शैया कर्णाली प्रतिष्ठान अस्पताल बनाएको रसुवा कम्पनीलाई दिइएको छ ।

च्यारेचौरमा मेडिक कलेज सञ्चालन भएपनि विश्कै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोले जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव बन्ने अपेक्षा गरिएको छ ।

रजिष्टार महतले भने,“च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली प्रतिष्ठानलाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको छ । सो क्षेत्रमा २३ वटा शैक्षिक प्रशासनिक २३ वटा भवनहरु ठूलो निर्माण गर्ने योजना नेपाल सरकार समक्ष पेश गरिएको छ ।”

वर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको प्रतिष्ठानले जनाएको छ ।

च्यारेचौर भवन निर्माण नहुँदा सम्म प्रतिष्ठान छेउमै ७६ करोड लगातमा निर्माण भइरहेको भवन सम्पन्नपछि त्यही विभिन्न विषयको पढाइ हुने छ । प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भइ पढाइ सञ्चालन भएको छ । भने,हाल प्रतिष्ठानमा एमविविएिस लगायत बिपिएच,बि फार्मेसी,विएनएस लगायतका पढाइ भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस