हिमपातले नवदुर्गा विधालय भवन भत्कियाे

       सागर परियार जुम्ला ।
भारी हिमपातका कारण जुम्लामा विधालय भवन भत्किएकाे छ । हिमपातले कनकासुन्दरी गाउँपालिका वडा नं.३ गाैरी गाउँ स्थित नवदुर्गा आधारभुत विधालयकाे दुई तले चार काेठे भवन भत्किएकाे हाे ।

भवन भत्किदा विधालयका पाठ्यपुस्तक,फर्निचर शैक्षिक सामाग्रीमा क्षति भएकाे छ ।  विधालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर बुढाले भने,”दुई सम्म भएकाे भारी हिमपातले मंगलबार राति दुई तले भवन भत्किएकाे हाे । सबै सामाग्रि ताेपिएका छन् । निकाल्ने स्थिति छैन् । पठन पाठननै प्रभावित हुने स्थिति छ ।”

विधालयमा हाल झण्डै ६० जना बढी विधार्थिहरु अध्यायनरत रहेका छन् । भवन भत्किएपछि विधालय संचालनमै चुनाैति देखिएकाे छ ।

आगामी फागुनबाट विधालय संचालन हुने भएपनि भवन अभावले नियमित पठनपाठन प्रभावित हुने विव्यस अध्यक्ष बुढाले बताए ।

भवन भत्किएर जिर्ण भएकाेले भवन भित्र रहेका महत्वपुर्ण कागजात र शैक्षिक सामाग्रीलाई निकाल्न सक्ने अबस्था छैन् ।

पठन पाठनलाई सहज बनाउनका लागि भवन पुर्ननिर्माणका लागि सहयाेग गरिदिन समेत विव्यस अध्यक्ष बुढाकाे माग छ । स्थानिय तहलाई माग गरिएकाे भएपनि पुरै भवन निर्माणका लागि दाताकाे सहयाेग आबश्यक पर्ने उनकाे भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस