जुम्लामै पहिलो‘स्व.दिपबहादुर स्मृती क्रियासिल पत्रकारिता’पुरस्कारको घोषणा

माघ १५ जुम्ला । जुम्ली पत्रकारिताको एतिहासमा पहिलो पटक व्यक्तिगत लगानीमा पत्रकारिता प्रोत्साहन पुरस्कारको घोषणा गरिएको छ । हाल सम्म पत्रकारिता संग सम्बन्धीत निकाय वा अन्यसंघसंस्था,स्थानीय तहबाट पनि पत्रकारहरुको प्रोत्साहनका लागि कुनै कोष खडा गरेको अबस्था छैन् ।

तर तातोपानी गाउँपालिका ६ निवासी पत्रकार शुभाकर विश्वकर्माले आफ्ना स्वर्गीय बुबा दिपबहादुर विश्वकर्माको स्मृतीमा जिल्लामै पहिलो ‘स्व.दिपबहादुर स्मृती क्रियासिल पत्रकारिता’ पुरस्कारको घोषणा गरेका छन् ।

२०७२ सालमा असमायिक निधन भएका बुबा दिप बहादुर विश्वकर्माको स्मृतीमा १० हजार राशीको ‘स्व.दिपबहादुर क्रियासिल पत्रकारिता’पुरस्कारको घोषणा गरेका हुन् । पत्रकार शुभाकर विश्वकर्मा र बसन्ती सुनारको बिवाहको अबसर पारी पत्रकार महासंघ जुम्लाको समन्वयमा शनिवार पुरस्कारको घोषणा गरिएको छ ।

जुम्लामा रहेर व्यवसायीक रुपमा क्रियासिल पत्रकारिता गर्ने एक जना महिला र एकजना पुरुषलाई नेपाल पत्रकार महासंघको स्थापना दिवशको अबसर पारेर वर्षेनि पुरुस्कृत गरिने छ ।

पत्रकार विश्वकर्माले भने,“निरन्तर कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि सानो प्रयास गरेको हुँ । हाल सम्म कुनै पत्रकारिता पुरस्कार नभएको जुम्लामा यो कार्य सबै निकायका लागि सिकाई पनि हुन सक्छ । यस्ता कार्यको थालनी होस भन्न चाहान्छु । स्वर्गीय बुबाको सम्झनामा हरेक वर्ष १० हजारका दर पुरस्कारका लागि लगानी गर्ने छु ।”

‘दिपबहादुर क्रियासिल पत्रकारिता’ पुरस्कार वितरणका लागि तीन सदस्यीय छनोट समिति हुने छ । जसमा नेपाल पत्रकार महासंघका दुईजना प्रतिनिधि र एकजना स्वयम शुभाकर विश्वकर्मा रहने छन् । भने, जुम्लामा रहेर निरन्तर कलम चलाउने पत्रकारलाई वर्षेनि क्रमश पुरुस्कृत गरिने छ । यस्तो प्रोत्साहन र पुरस्कारले सामाजिक हितका लागि लेख्न थप उर्जा र हौसल मिल्ने समेत विश्वास गरिएको छ ।


तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विशाल खड्काले स्वर्गीय बुबाको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरेर सबै क्षेत्रलाई नयाँ पाठ सिकाएको बताए । यस कार्यको निरन्तरता संगै क्रियासिल निस्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरुस्कृत गर्नुपर्ने उल्लेख गरे । .

पत्रकारहरु निष्पक्ष भएर जनता र न्यायको पक्षमा कलम चलाउन उनको आग्रह छ । यता नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले मोपसलमा रहेर दुख कष्ट गरी निरन्तर पत्रकारिता गर्ने कलमजीविहरुको हौसला,प्रोत्साहनका लागि दिप बहादुर क्रियासिल पत्रकारिता पुरस्कार कोशे ढुंगा सावित हुने बताए ।

विगतमा जिल्लामा क्रियासिल भएर पत्रकारिता गरे शुभाकरले व्यक्तिगत लगानी गरेर बुबाको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणाले नयाँ सन्देश दिनुका साथै सबै सिकाइ भएको उनको भनाई छ । ‘स्व.दिपबहादुर क्रियासिल पत्रकारिता’ वितरण कार्यलाई सफल बनाउन पत्रकार महासंघले सधै समन्वय सहयोग गर्ने छ ।

पुरस्कार घोषणा कार्यक्रममा सहभागी नेपाली काँग्रेस,माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादीका प्रमुख प्रतिनिधिले पत्रकारिता पुरस्कार घोषणाको सफलता शुभकामना व्यक्त गरे ।

भने,घोषणा कार्यक्रमको सभाध्यक्ष तथा स्वर्गीय दिप बहादुर विश्वकर्माकी धर्मपत्नी जालगेडी विश्वकर्माले आफ्नो बुबाको स्मृतीमा छोरा बुहारीले सामाजिक हितका लागि गरेको काम प्रसंसा योग्य भएको बताईन् । हाल पत्रकार शुभाकर विश्वकर्मा बाँके जिल्लाको कोहलपुरबाट प्रकाशन हुने मिसन टुडे राष्ट्यि दैनिक पत्रिकामा कार्यरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस