जब निरुको सिन्दुर पुछियो….


नन्दराम जैशी ।

जुनबेला निरुको ओठमा मुस्कान, मनमा जाँगर र केहि अपेक्षा थिए ! त्यो बेला दुख थोरै खुसि धेरै थिए ! आफु सुखि भएको महशुस पनि गर्थि उ ! जब निरुको सिन्दुर पुछियो ! ओठको मुस्कान खोसियो ! सारा जाँगर हराए ! सबै अपेक्षा तुहिए ! तब दुखका दिन बढ्दै गए ! उसको सबै खुसि हरायो ! उ एक्लीई, बिछट्टै एक्लीई ! निष्ठुरी दैबले मात्र निरुलाइ एक्लाएको छैन ! आज सारा समाजले पनि उसलाई एक्ल्याएको छ !

 

कुनै समयमा धेरै नजिक रहेका निरुका माइति र पोइलीहरु पनि आज पँराइ भएका छन् ! किन किन सदभाव साट्नेहरु भन्दा डाहा गर्नेहरु धेरै छन् अचेल निरुका ! मिरमिरे उज्यालोमा बोलाउन आउने आफन्तहरु अचेल गलत नियतले राति ढोका ढक ढकाउन जान्छन् ! सृष्टीलाइ पापै पापले भरीएको स्वार्थि संसारको उपमा दिने निरु जेनतेन बाँची रहेकि त छ ! तर निरु सँग, अचेल न कुनै सन्तुष्टि छ, न कुनै खुसि, न त कसैको साथ ! कहिले काँहि उसलाई जिउनुको अर्थ छैन जस्तो पनि लाग्छ ! तर जिउनै पर्ने बाध्यता पनि छ उ सँग !

हो निष्ठुरी दैबबाट भाग्य खोसिएकि निरु, आज एक देशभक्ति, देश रक्षक जवानको सम्झानामा, यो पापि दुनियामा बाँचेकि छ ! कालेले छोडेको निशानि, चिनो सम्हाल्दै दिन बिताएकि छ उसले ! कालेको आशा र भरोसा अब त्यहि निशानिमा मात्र राख्न थालेकि छ उ ! बाँच्न मन नभइ नभइ केवल अर्केका लागि बाँचेकि निरु, एक देशभक्त जवान गुमाएर अर्को एक देशभक्त जवान हुर्काउदैछ अचेल ! आज उसंग भएको त्यो निशानि पनि झण्डै १८ बर्षको हुन लाग्यो, निशानि अहिले सैनिक कलेजमा कक्षा ११ पढ्दैछ ! निरुले सम्माली राखेको त्यो जवान निशानिलाइ देखेर आज आकाशबाट हेर्दै काले पनि खुसि ब्यक्त गर्छ होला !

मनको गाँठो मनमै राखेर कलिलो उमेरमा कालेबाट सदाका लागि छुट्टीएकि निरु, अँधेरी रातमा जनुतारासँग कुरा गर्दै आफ्नो निशानिलाइ आकाश तिर देखाउने गर्र्िथ ! तर आज त्योे निशानि पनि कठोर भैसकेको छ । उसलाइ आमा बाहेक अरु केहि चाँहिदैन ! चाहियोस पनि कसरी बाबा भन्ने शब्द आजसम्म उसले औपचारीक रुपले बोकेको पनि छैन कि ? सानो छँदा बा बा कसलाइ र किन भन्छन् आमा ? भनेर सोध्ने गर्थौ उ निशानि ! अचेल त सबै बुझ्यो पनि होला ! अब त केवल कालेको फोटोको मात्र साथ छ, निरु र निशानिसँग !

जुनबेला निरु १४ वर्षकी थिई ! उसलाई विहेको विषयमा खासै थाँहा थिएन ! बालापनको जिवन बिताइरहेकी निरुलाई उसका आमा बा ले हतारमा विहे गरिदिने निर्णय गरे ! निरुको बिवाहका लागि उसका बा आमाले केटो पनि हेरी सकेका थिए ! जुम्लाको चलनचल्ती अनुसार निरुको बिहेपनि भयो ! पोइलीघरको रहन सहनमा भिज्दै गएकि निरु त्यतिबेला सारै खुसि थिइ ! बिहेपछि निरु आफ्नो श्रिमानलाई मायाले काले भनेर बोलाउथिँ ! कालेका बाबा र दाइ रिटार्यर नेपाल आर्मि थिए ! घरमा खासै अर्थ अभाव थिएन ! देशमा सशस्त्र द्धोन्द चलिरहेको थियो ! कालेका घरपरिवारले देशमा सशस्त्र द्धोन्द चलिरहेको समयमा आफ्नो जवान छोरालाइ घरमा राख्न चाहेनन् ।

अन्तमा सबै परिवारको सल्लाह र कालेको सहमतिका आधारमा दुइ बर्षको छोरालाइ घरमा छाड्दै निरुको न्यानो माया मनभरी संगालि काले आर्मिमा जागीर खान गयो ! २०५९ सालमा आर्मिमा भर्ति भएको काले देशमा चलेको द्धोन्दका कारण केहि समय घरको सम्पर्क बिहिन भयो ! त्यो बेला अहिले जस्तो संचार सेवा थिएन ! केहि खबर पाउन र दिनका लागि हुलाकबाट चिठिपत्र मार्फत कुराकानि गर्नुपथ्र्यो ! त्यो पनि समयमै काँहा हुन्थ्यो र ! अहिलेको जस्तो फोन भए कति कुराकानि गर्थिहोला निरु !

निरु र कालेको भर्रखर बिहे भएकोले राम्रोसँग एक अर्का्बिच खुलेका पनि थिएनन् ! अर्को्तिर त्यो बेलाको जुम्लाको चलन श्रिमान, श्रिमति खुलेर बोलेपनि समाजले छिछि गथ्र्याे ! सासु ससुराको अघि कुराकानि गर्न मिल्दैनथ्यो ! दिनभर काम गर्दै गर्दा निरु रातिको भेटमा धेरै कुराकानि गरुँला सोच्थी ! तर त्यो पनि कामको थकाइले सबैकुरा सोचेजस्तो मात्र हुन्थ्यो ! अहिले त्यो दिन सम्झेर भोक निन्द्रा नभनि जवानिको उमंग खेर गए जस्तो, कतै पछुतो पनि लाग्छ निरुलाइ ।

उता काले आर्मिमा भर्ति भएको १ बर्षपछि हुलाकबाट एउटा चिठि आयो ! त्यो चिठिमा कालेले निरुलाइ छिट्टै भेट्न बोलाएको थियो । असारको महिना थियो । निरुलाइ नेपालगंज भेट्न बोलायो ! असारको ब्यस्त काममा मान्छे मरेपनि पर्दाले छोप्नुपर्छ भन्ने जुम्लाको चलन ! जसको जबाफमा निरुले पत्र मार्फत असारमा कालेलाई भेट्न अस्वीकार गरी ! फेरी कालेले पत्र मार्फत जिद्दी गर्दै म भन्दा पनि सम्पती ठुलो भए ठिकैछ भन्यो ! निरुले पनि आखिर भेट्न त का्ँहा नचाहेकि हो र ! तर उसलाइ घरमा काम नगरी नहुने बाध्यता पनि थियो ।

अन्तमा उसले जाडो समयमा भेट्ने बाचा गरेकि थिइ । कालेले पनि निरुको बाध्यता बुझ्यो ! निरुको सल्लाहका आधारमा भेट्ने बाचा भएको थियो । पहिले पहिले सासु ससुराको अपार माया पाएकि निरुले बिस्तारै उनिहरुको माया पनि पाउन छाडि । अर्को्तिर माओबादिले उसलाइ दिनदिनै धम्की दिन थाले ! जो कोहि सुराकिहरु माओबादिको नाममा श्रिमान खोज्न थालेपछि कति दिन त निरुले धम्की टार्न अन्य पर पुरुषलाइ पनि श्रिमान भनि ! त्यो पनि निरुलाइ दिनमा मात्र नभइ रातिको १ बजे पनि माओबादि धम्की दिदै चन्दा माग्न घरमा आउने गर्थै । तोकिएको चन्दा नदिए घरमै बम पट्काउने, ज्यान मार्ने जस्ता धम्की दिदै हाल उ सँग रहेको कालेको निशानि अर्थात सानो दुधे बालकलाइ समेत मार्ने कुरा माओबादिहरु बताउथेँ ।

केहि दिनपछि कालेले पठाएको फेरी अर्को चिठि प्राप्त भयो । त्यो चिठिमा निरुलाइ समेत कालेले काठ्माडौमा सँगै राख्ने प्रस्ताब गरेको थियो । तर त्यो पनि संभव भएन ! कालेलाइ बाध्यता थियो ! देशको सुरक्षाका लागि राज्यले जता खठायो त्यतै जानुपर्ने । एक अर्का्बिच भेटेर मनको गाँठो फुकाउन आतुर भएका काले र निरुबिच अनेक कुराकानि र उतार जडाब हुँदा हुँदा भेट नभएको तिन बर्ष नाग्न थालेको थियो ! निरु घरको काममा र काले देशको सुरक्षामा ब्यक्त भएपनि चाँडै भेट्न आतुर थिए ।

२०५९ मा आर्मिमा भर्ति भइ सैनिक जिवन जिइ रहेको काले पुन १० महिने तालिमबाट कमाण्डोमा छनोट भएर कैलालि जिल्लाको सुरक्षाका लागि २०६१ मा सरुवा भयो । कालेको सरुवापछि उनिहरुबिच कैलालिमा ०६१ मंसिर १३ गते भेट्ने पक्कापक्की निर्णय भयो । तर के गर्नु दैबको लिला ! सोचेअनुसार काँहा हुन्छ र ! अपसोच काले कैलालिमा सरुवा भएको एक बर्ष नबित्दै, निरुलाइ भेट्ने उच्च आकांक्षा मनमा साच्दा साच्दै २०६१ मंसिर ५ गते कैलालिको सुकडमा रहेको आर्मि क्याम्पमा माओबादिले गरेको हमलामा परी कालेको दुखद निधन भयो ।

यता निरु, लामो समयपछि भेट्ने आशामा मनमा खुसि साँच्दै, ०६१ मंसिर १३ गते कालेलाइ भेट्न जाने तयारी गर्दै थिई । त्यतिबेलै निरु एकपल्ट झस्की, उसले सम्झी कालेले ५ महिना अघि चिठिमा छिटै भेटम नत्र कत्तिबेला के हुने हो । मलाइ अब धेरै बाँच्छु जस्तो लाग्दैन, भनेको कुरा सम्झेर ! तै पनि निरुले कालेको लागि केहि नासो अर्थात उसका लागि तयारी सामान जम्मा गर्दै गइ ! ०६१ मंसिर ५ गते देशको लागि बलिदानी दिएको कालेको बिषयमा मंसिर ६ गते सबै गाँउलेलाइ थाँहा भैसकेको थियो । त्यो बेला मिडियाका रुपमा जुम्लाका गाँउमा रेडियो नेपाल मात्र टिप्थ्यो ! रेडियो नेपालले भनेको समाचारका आधारमा सबै गाँउलेले कालेको मुत्यूबारे थाँहा पाएका थिए ।

निरुका साथि संगिनिहरुले बिहानपख मल बोक्न जाँदा पनि आनाकानि कुरा गर्थै ! निरुलाइ कतै कालेलाइ केहि भएको बिषयमा यिनिहरुले कुरा त गर्दैनन् ! या त, म धेरै समयपछि कालेलाइ भेट्न जान लागेको बिषयमा कुरा काट्न थाले यस्तै यस्तै लाग्थ्यो ! त्यस्तै त्यस्तै दोधारका बिच निरुले सम्पुर्ण तयारी गरी ! हुँदा हुँदा मंसिर १३ गते भेट्ने दिन आयो ! त्यो बेला यातायातको सुविधा थिएन ! हवाइ टिकट पनि समयमै पाउन मुस्कील पथ्र्यौ ! टिकटका लागि धुस र पाावस मात्र चल्थ्यो ! निरुसँग त्यो दुबै विकल्प नभएपछि १३ गते जहाजको टिकट पाइन ! तर निरुले सोहि महिनाको १७ गते अन्तमा आर्मिको जहाजमा जाने निर्णय गरी र आर्मिले जाने स्वीकृति पनि दिएको थियो ।

त्यो बेला सम्म निरुका अफन्तहरुले पनि कालेको निधनबारे थाँहा पाइ सकेका रहेछन् । तर श्रिमान भेट्न अत्तालिएकि निरुको बाटो पनि छेक्न चोहेनन् ! अन्तमा आफन्तहरुले पनि नेपालगंजमा रहेको कालेको निशानि अर्थात निरुको छोरा बिरामि भएको नाटक गरेर निरुलाइ त्यहासम्म पठाउने निर्णय गरे ! कतिपयले जहाज उड्नै लाग्दा पनि रोक्न खोजे ! रोक्न खोज्नेहरुका लागि रिसाएकि निरुले भनि, मैले घरको सबै काम गरेको छु, पुरै मल बोकेकि छु ! कालेको लागि धेरै सामान तयारी गरेकि छु ! त्यसैले जाँन्छुभनि जिद्दी गर्न थालि ।

निरुको त्यो जिद्दी देखेर कालेको बिषयमा थाँहा पाएका आफ्न्तहरु पनि भित्रभित्रै भक्कानिन थाले । त्यस बिषयमा निरुलाइ कुनै आभास भएन ! निरु आफ्नो श्रिमान काठ्माडौमा छन् । देशको सुरक्षामा बलियो देखिएको स्थान राजधानिमा कालेलाइ केहि हुन्न भनेर ढुक्क थिइ । निरुको त्यो जिद्दीलाई मध्यनजर गर्दै आफ्न्तले निरुलाई एक्लै कालेलाइ भेट्न जान सुझाब दिए ! सामान नलिन भने ! तर पनि निरुलाइ काले मरेको बिषयमा एकरत्ति पनि संका लागेन !

त्यो बेला निरुका अन्य घरपरीवार नेपालगंजमा जग्गा लिएर बस्न थालेका थिए । नजिकका आफ्न्तहरुले घरमा एक्लै रहेकि निरुलाइ कतैँ केहि हुन्छ कि, भनेर साथमै बसेर प्रत्यक्ष निगरानि गर्नथाले । निरु १७ गते बिहान जहाजमा जाने अठोटका साथ तयारी भइ । सोहि साँझ घरमा आएका सबै आफ्न्तहरुले खाना खाँदा, खाए जस्तो मात्र गरेका थिए ! निरुले जहाजले अनुमति दिने १६ किलो सामान लिनुपर्नेमा बरु पैसा तिरेर भएपनि कालेलाइ नासो स्वरुप सय केजि भन्दा बढि सामान तयार गरेकि थिई ।

१७ गते बिहान अब त, पक्का श्रिमानलाइ भेट्न जाने भँए भन्ने खुसिले निरु रातो सारीमा कातै ब्लाउज लगाएर सजिई ! हतारमा निरुले हिड्दा सिरमा सिन्दुर लगाउन पनि बिर्सि ! निरु घरबाट हिडेको चार पाइलामै उसको खुट्टामा लगाएको चप्पल चुडियो ! निरुसँग अर्को फेर्ने चप्पल नभएपछि उसले आफ्नो आमाजुको चप्पल लगाई ! अन्तमा निरु आफ्नो ढिप्पीले नेपालगंगमा रहेको उसको साइला बुबाको घरमा पुगि ! घर नजिकै निरु पुग्दा नपुग्दै उसलाइ देखेपछि निरुकि भाउजु भक्कानिएर रुन थालिन् ।

तर पनि निरुले धेरै समयपछि भेटहँुदा यो खुसिको आँसु पनि बगेको हुनसक्छ सम्झी । त्यतिखेर निरुको बुबा सुर्खेतमा बस्थ्ये ! हतारमा निरु आएको खबर पाएपछि नेपालगंज झरेछन् । निरुकि दिदि पनि त्यतै झरीन् ! धेरै बर्षपछि आफ्नो छोरालाइ नभेटेकि निरुले छोरालाई समेत चिनिन ! पहिले भन्दा निकै परिवर्तन भएर निशानि ठुलो भैसकेको थियो । सोहि दिन सासु ससुरालाई सेतो कपडामा देख्दा निरु निकै झस्की र एक्कासी कराँउन थालि । कराउदै निरु पल्टी र बेहोस् भइ । बेहोस्मै निरुको हातको चुरा र पोतेहरु उसको दाजु र भाउजुले झिकि दिए ।

लेखक जैशीले लेख्नुभएको यो कथा सत्य घटनामा आधारीत हो । तर कथाका पात्रहरुको नाम भने सबै परिवर्तित नाम हुन् ।

तपाईको प्रतिक्रिया