सानो देशको ठुल्ठुला बेथितिका कथा !!!

सदियौँ देखि केही न केही रुपमा पछाडी पारिएको हाम्रो देश कहिले तपोभूमि भनेर हौस्याइयो भने कहिले मरुसत्तल भनेर कहिले विर गोर्खाली भनेर लडाईमा प्रयोग गरियो । तर हामी गोर्खाली खाली का खाली…!!! एकपटक लडेको गोरुपनि त्यो बाटो हिड्दा सदा सचेत रहन्छ भन्छन, तर हामी नेपाली यतिसम्म बुद्धु छौंकी भारत र अमेरिकाले हाम्रो कहिले पनि भलो चिताउदैन भन्ने थाँहा हुँदा–हँुदै पनि आँखा चिम्लेर उतैतिर ढल्कनु हामी नेपालीको कतिसम्म बिग्रेको मति हो आफै आँकलन गर्नुहोस । राजापरिवार आफैमा नराम्रो संस्था होइन तर केहि कलंकित राजाहरुले गर्दा प्राचिन राजाहरुले गरेका सत्कर्म पनि ओझेलमा परे ।
अब रह्यो नेता भनाउँदा हरुका कुरा….!!!! नेपालमा करिब ७ दशक जति भो १०० औं नेताहरुले देशमा रजाँई मात्र गरे अझै अन्य नेताहरु क्रिडा–स्थलमा रमाएझै गरिरहेका छन् । नेपालमा जतिसुकै नयाँ नेपाल बनाउँछु भन्ने नेताहरु अघि आए पनि कानै च्यातेर आएका जोगि जस्तै हुन् । ऐन–कानुन आफ्नो स्वार्थ अनूकुल बनाउने, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध गर्ने मानिसहरु आफ्ना पक्षका छन् भने ढाकछोप गर्ने, यस्ता यावत क्रियाकलापहरुले कहिले देश उभो लाग्ला र …!!!
नेपालमा एउटा अर्काे भनाईनै छकि सानालाई ऐन ठुलालाई चैन भनेर, राजनैतिक संरक्षण गरेर हुन्छ कि पैंसा पेलेर त्यस्ता जघन्य अपराधीहरुलाई कानुनको कठघरामा उभ्याइदैन । अनि तिनै अपराधीहरुले नयाँ किसिमका अपराधमा हात हाल्न थाल्छन, देशनै अपराध र भ्रष्ट्राचारमय हुन्छ । सिँगो देश डुब्ने भनेकै बिभिन्न किसिमका अपराध र भ्रष्ट्राचारले गर्दानै हो । नेताहरु साम–दाम, दण्ड–भेद लगाएर भए पनि सत्तामा टिकिरहन पर्ने, सत्तामा आउन पैंसा खर्च गर्नैपर्ने, सत्तामा आइसकेपछि आफ्नो खर्चपर्च असुल्नै पर्ने यस्ता यावत घुुमाउरो प्रवृतिले गर्दा देशमा विकासको काम सरासर ओझेलमा नपर्ने कुरामा दुईमत छैन ।
अब विकासको कुरातिर जाउँ… !!!
प्रायजसो विकासका योजनाहरु मन्त्रालयबाट जनताको घरदैलो सम्म पुग्दासम्म काठमाण्डौको ट्राफिक जामबाट फुत्केर आएजस्तै ठाउँठाउँमा घाटघाटको पानि पिए जसरि आउँछ, मन्त्रा–लयमा मन्त्रीलाई, नेता–लयमा नेतालाई प्राविधिक–लयमा प्राविधिकलाई, गाउँ–लयमा अगुवालाई कमिशन दिंदादिदै हात्ती बनेर आएको बजेट छिर्दाछिर्दै मुसो बनेर जनताको घरदैलोमा आउँछ । घरदैलोमा आएको मुसोजत्रो बजेट रकमलाई पनि हाम्रो पार्टीले दिएको योजना हो भनेर अरु मान्छेलाई फर्केर हेर्न समेत दिदैनन, अनि नेपालमा यस्तै आसेपासे तन्त्रले पनि समग्र देशको उभो–गति लाग्न किमार्थ सक्दैन । कहिलेकाहिँ लाग्न थालेको छ कि राजा महेन्द्रको निर्दलीय व्यबस्थानै ठिक भनेर…किनकि यिनी राजनैतिक दलहरु सप्रिने छाटकाटका छैनन, एउटा नेपाली उखानै छनि “बाह् वर्ष कुकुरको पच्छर ढुङग्रामा राखेपनि बाङगाको बाङगै” भनेर …
हामी चाहे पृथ्वीनारायण, अमरसिँह, बलभद्र, भक्ति थापा, बुद्ध, अरनिको, जँगबहादर, त्रिभवन, राजा विरन्द्र जसका कुरा गरेपनि आखिर पछिल्लो समयमा केहि सचेतवर्ग मानिएका औँलामा गन्न नसकिएका मान्यजनहरुले सम्बन्धित ठाउँसम्म झकझकाउन सकेमा मात्र देशमा केहि होला जस्तो छ…!!! नत्रभने “एकादेशको कथा” बन्ने छ हाम्रो मातृदेश नेपाल…

 

प्रतिक्रिया दिनुहोस