‘शिक्षक बन्ने लक्ष्य बोकेपनि,साथीहरुकै उत्प्रेरणाले निजामतीमा प्रबेश गरे’

हरेक व्यक्ति पिच्छे आ–आफ्नै भोगाई,जीवन संघर्ष अनि लक्ष्यहरु,फरक किसिमका हुन्छन् । जीवनमा हरेक संघर्ष गरी शिक्षक बन्ने लक्ष्यमा भौतारिएर निजामति क्षेत्रमा सफल भएका मध्य एक प्रेरणादायि व्यक्ति हुन सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाँई । जसको लक्ष्य जीवनमा शिक्षक बन्ने भएपनि चौलागाँई अन्ततःनिजामति कर्मचारी बन्न सफल भए । हाल नेपाल सरकारको उच्च ओहोदा (आठौ) तहमा पुगेर सामाजिक विकास कार्यालय जुम्लाको कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । जीवनमा आर्थिक अभाव झेल्नु नपरेपनि पढाइका प्रेमर,बारम्बारको असफतापछिको सफलता लगायत उहाँको जीवन संघर्ष भने निकै रोचक छ । थप विषयमा सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाँई संग कर्णाली पोष्ट दैनिकका कार्यकारी सम्पादक सागर परियारले गरेको भलाकुसारीको सारः

आजभोलीको दैनिकी कसरी बित्दै छ ?
म आफ्नो गृह जिल्ला जुम्लामा सामाजिक विकास कार्यालयको प्रमुखका रुपमा आएको धेरै भएको छैन् । कार्यालयमा हाजिर भएदेखि नियमित कार्यालयका काम र विशेषगरी यस कार्यालयबाट भौतिक पूर्वाधार विकास (भवन निर्माण) र खेलकुद पूर्वाधार विकास (अन्य सार्वजानिक निर्माण) भन्ने दुई शिषर्कमा काम गछौ । यस अन्तरगर्त विद्यालय भवन र खेलमैदान निर्माणको काम हुन्छ । अहिले योजना सम्झौता देखि अन्य दैनिक कामकाज गर्दै दैनिकी बितेको छ ।

बाल्यवस्था कसरी बित्यो ? के कस्ता संघर्ष गर्नुभयो हजुरले ?
मेरो बाल्यकाल राम्रै गरी बित्यो भनौ । जीवनमा संघर्ष त गर्न पर्छ । चन्दननाथ नगरपालिका वडा नं. ४ को मालाभिडमा आमा लक्ष्मी चौलागाईको कोखबाट २०३२ साल मंसिर ६ गते जन्म भयो । मेरो बुबा लोकराज चौलागाइ शिक्षक हुनुहुन्थ्यो । त्यसैले पनि आर्थिक अभाव भोग्न परेन् । घरमा पढ्नु पर्छ भन्ने वाताबरण र चेतना थिएन् । सधै विहान गाँइ चराउन जाने र दिउँसो स्कुल जाने गर्थे । घरमा गाँइ चराउने लाटो अंकल हुनुन्थ्यो । घरमा पढने पढाउने चेतना धेरै थिएन् । पढाई भन्दा घरकै काम धेरै गर्दा परिवार खुसी हुने समय थियो । तर पनि म पढ्थे । बालीनाली पाकेको समय कतिसमय अबस्थामा स्कुल छोडेर पनि दिनमा गाँई चलाउन जान्थे ।

कक्षा १ देखि ४ सम्म अशोक नमुना स्कुल,५ देखि ६ कक्षा सम्म चन्दननाथ मावि,७ देखि ८ सम्म रत्नचुडेश्वर मावि र ९ देखि १० फेरी चन्दननाथ माविमै पढे । विद्यालय परिवर्तन गर्नुका भित्री कारण धेरै छन् । सबै नभनौ । अभाव जेल्नु नपरेपनि विहानबेलुका गाँइ चराउन जाने दिन स्कुल जाने,घरको काम सघाउने गर्दा गर्दै २०५० सालमा सेकेण्ड डिभिजन ल्याएर एसएलसी पास भए । यसरीनै सुखदुखका साथ बाल्यवस्था बित्यो ।

जीवनमा के बन्ने लक्ष्य बोक्नु भएको थियो,के भइयो ?
जीवनमा अबश्य पनि सबैका लक्ष्य हुन्छन् । तर मेरो त्यति धेरै महोत्काँक्षी लक्ष्य पनि थिएन् । २०५० सालमा एसएलसी पास गरेपछि शिक्षक बन्नुपर्छ भन्ने मेरो लक्ष्य थियो । किन भने मेरो बुबा पनि शिक्षक हुनु हुन्थ्यो । सानैदेखि म चनाखो र एक पटक सम्झे पढेको कुरा भुल्थीन । मलाई मन पर्ने विषय पनि गणित हो । बुबाकै दबाबमा शिक्षक बन्नुपर्छ भनेर गणित विषय लिएर आइएड गरियो । किन भने त्यसबेला सम्म स्वम म घर परिवार कसैमा लोक सेवा पढ्नुपर्छ भन्ने चेतना पनि थिएन् । लोक सेवाको परिक्षा दिने निजामती बन्ने कल्पना थिएन् । किनकी एसएलसी पासपछि जो पनि शिक्षक बन्थे ।

शिक्षकको जागिर खान सहज पनि थियो । त्यही भएर शिक्षक बन्ने दौडमा गणित विषयकै विएड भर्ना गर्न सुर्खेत गएको थिए । त्यतिबेला सम्म पनि शिक्षकनै बन्नु पर्छ भन्ने भुत दिमागबाट हटेको थिएन् । किनकी मलाई लोकसेवा कुनै थाहा पनि थिएन् । सुर्खेतमा गणित विषयको विएड फोर्म भर्न जाँदा त्यतिबेला लोक सेवा आयोगले शिक्षा तर्फको प्राविधिक सहायकको विज्ञापन खोलेको रहेको छ । मेरा सहकर्मी साथीहरुले लोक सेवा तिर छिर्नुपर्छ । तिम्रो पढाई पनि राम्रै छ । भनेर दबाब दिए ।

तर मैले निर्णय लिन सकेको थिइन् । तर मेरै गाउँका नाताले भतिज पढाईमा सिनियर छिमेकी धनसुदन चौलागाइले जसरी पनि लोक सेवा आयोगको परिक्षा दिनुपर्छ । तिमी सफल हुन्छौ । प्रयास गरी हेर भनेर निकै फोर्स गर्नुभयो । उहाँको दबाबलाई अस्वीकार गर्न नसकेर मैले लोक सेवा आयोगको परिक्षा दिइ पास भएर पनि २०५५ सालमा कालिकोट जिल्लामा सिफारिस भए । शिक्षक बन्ने दौडमा गएको मान्छे यसरी निजामती क्षेत्रमा प्रबेश गरेको हुँ । समय र परिवेश अनुसार लक्ष्य चाहनाहरु फेरिँदा रहेछन् भन्ने पनि एक सन्देश हो । त्यसपछि मेरो शिक्षक बन्ने सपना निजामतीमा परिणत भयो । पछि रिभर्ना गरी भूगोल विषय पढे ।

“बाल्यवस्थामा पढाई भन्दा बढी घरकै काम गरिदियोस भन्ने घर परिवारको भन्ने सोचाइ हुन्थ्यो । त्यतिबेला पढ्ने पढाउने बाताबरण र चेतना पनि थिएन् । बुबा शिक्षक भएकोले मलाइ शिक्षक बन्नुपर्छ भन्थे । मैले पनि शिक्षक नै बन्ने लक्ष्य बोकेको थिए । तर छिमेकी धनसुदन चौलागाई र सहकर्मी साथीहरुको दबाबले २०५५ सालमा निजामती क्षेत्रमा प्रबेश गरे ।”

२०६० सालदेखि विद्यालय निरिक्षक (विनि)को परिक्षा दिन थाले । तर २०६३ सम्म असफनै भए । २०६३ मा लिखितमा नाम निकालेर पनि अन्तरबार्तामा फालिए । तर पनि मेरो विनिमा नाम निकाल्ने सपना स्खलित हुन दिइन् । पुनः२०६६ सालमा बिनिमा सिफारिस भएरै छाडे ।

घरमा बुबा शिक्षक भएर शिक्षकनै बन्नु पर्छ भन्ने मावल भएपनि गाउँले धनसुदन चौलागाँइको फोर्स र उत्प्रेरण,साथीहरुको दबाले निजामती भए । त्यसपश्चात घर परिवारआम इष्टमित्रको माया उत्प्ररेणा मेरो मेहनतले हाल नेपाल सरकारको आठौ तहको कर्मचारी सम्म पगि हाल जुम्लामा सामाजिक विकास कार्यालयको प्रमुखमा कार्यरत रहेको छु । जीवनमा जे हुन लेखेको छ, त्यहि भएरै छाड्छ वर्तमानमा हरेक परिस्थितीले साथ नदिएपनि भविष्यले कोल्टा फेर्छ भन्ने मेरो जीवनको बुझाई हो जस्तो छ ।

दाम्पत्य जीवन ?
खोलिकोटकी स्यानुमाया बुड्थापा मेरो बिवाह २०५८ सालमा भएको हो । प्रेम विबाह नै गरेको हुँ । खोलिकोटकी बुड्थापा संग दैनिक देखादेख हुने भेटघाट हुन्थ्यो, क्याम्पसमा संगै पढेकै हो । परिवारमा पनि कुरा भएको रहेछ । तर हामी एक अर्का बीच चीनजान भएको र कुराकानी हुन्थ्यो । तर परिवारबार कुरा भएपनि हामी भाग्यौ । पछि आएर घरमा बिवाह भएको हो । अहिले १ छोरा १ छोरी छन् ।

उत्प्रेरणाको स्रोत कसलाई भन्नु हुन्छ ?
मेरो लक्ष्य र मेरो बुबाको लक्ष्य उद्देश्य भनेकै शिक्षक बनाउने थियो । तर म ख्याल ख्यालमै निजामति सेवामा प्रबेश गरे । निजामती करियरको उत्प्रेरणा भन्दा मेरा साथीहरु र धनसुदन चौलागाँइनै हुन् । त्यसपछि हाल सम्मको ओहोदामा पुग्दा सम्म श्रीमती लगायत सबै परिवार शुभ चिन्तक मेरो उत्प्रेरणाका स्रोत हुन् ।

बाल्यवस्थाको सम्झिने पल छ केहि ?
हामी माध्यमिक विद्यालय पढ्दा खेरी मोबाइल थिएन् । त्यतिबेला जुम्ला बजारका ठाउँठाउँमा भिडियो देखाउँथे । बच्चामा पढाई भन्दा फिल्म भिडियो हेर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । म लगायत मेरा साथीहरु घरबाट स्कुल जाने भनेर जान्थेउ तर स्कुल नगइ झोला कतै झाँडी फालेर दिनभर बजारका ठाउँठाउाम भिडियो हेर्ने र स्कुल बिदा हुँदा झोला बोकेर घर जाने गरेका थियौ । कसैले थाहा पाएका थिएनन् ।

वर्ष याद भएन्, तिहारको समय थियो संगै पढ्ने हाल जीपि स्टेस्नरीका सञ्चालक गणेश रोकाया लगायतका साथीहरु मेरो घरमा देउसी खेल्न आएका रहेछन् । बुबा आमा सबै बाहिर आए म पनि आए । मलाई देख्ना बित्तिकै गणेश रोकायाले यो त आजभोली कहिले पनि स्कुल आउदैन्, देखिन्न भनिदिए । त्यसपछि बुबाले थाहा पाएर चन्दननाथ माविबाट ७÷८ पढ्दै गर्दा रत्नचुडेश्वर मावि बोहोर आफु संगै पढाउन लिनुभयो । यो पल निकै सम्झीन्छु ।

भावी योजना के छ ?
जागिर जीवनपछि समाज सेवा गर्नेनै योजना छ । धेरै महत्वकाँक्षी योजना बनाएको छैन् । विसुद्ध समाजको सेवा गर्छु भन्ने छ । तर समाज सेवाका लागि कुन माध्यबाट गर्ने भन्ने विषय अहिले भन्न सक्दीन् । तर समाज सेवा गर्ने परिवार संग रमाउने जागिर जीवनपछिको योजना छ ।

सफल कसरी हुने ?
सफल भन्ने शब्द उच्चाहरणमा जती मिठो र सजिलो छ । प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्यता, मेहनत गर्ने धेरै महोत्वकाँक्षी नभए सफल व्यक्तिको जीवन संर्षघलाईलाई अध्यायन गर्ने, बौद्धिक व्यक्तिको संगत गर्ने सबैभन्दा ठुलो धैर्यता राख्ने लक्ष्य प्राप्तीका लागि निरन्तरता दिनुपर्छ ।
साथै अर्को कुरा भन्न चाहान्छु । कुनै पनि व्यक्ति असफल भयो,कुनै विद्यार्थीले पढ्न जानेन परिक्षामा कुनै विषय लगायो भन्ने उसको कारण पत्ता लगाउनुपर्छ र समस्या समधानका लागि पहल गर्ने हाम्रो पदत्तीको विकास हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस