राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध जुम्लामा पनि प्रदर्शन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध जुम्लामा पनि मा विरोध प्रदर्शन गरिएको छ । नेकपा एकिकृत समाजबाटी पार्टीको देशभर एमसिसीविरुद्धको आन्दोलनको कार्यक्रम तय भए अनुसार जुम्लामा पनि विरोध प्रदर्शन गरिएको हो ।


नेकपा एकीकृत समाजवादी पार्टी जुम्ला र पार्टी निकट युवा संघ नेपाल, अनेरास्ववियू र समाजवादी प्रेस संगठनले एमसिसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसिसी खारेज गर’ जस्ता नारा लगाएका छन् ।
नेकपा एकिकृत समाजबाटी पार्टीले एमसीसी खारेज हुनुपर्ने माग गरेको छ ।

युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हरिकृष्ण थापाले राष्ट्घाती एमसिसी नेपाललाई आवश्यक नभएको बताए । उनले भने अनुदानका नाममा देशलाई अहित हने खालका कुनै पनि सन्धी सम्झौता गर्न आवश्यक छैन ।
नेकपा एकिकृति समाजबादी पार्टी जुम्लाका जिल्ला कमिटी सचिलालय सदस्य टेकप्रसाद धिताल र प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य नारायणी चौलागाईले देशलाई हित नहुने एमसिसी जस्तो घातक सम्झौता गर्न नहुने बताएका छन् । नेकपा एस पार्टीले आज देशभर यो एमसिसी विरुद्ध आन्दोलन गरेको उनीहरु बताउन्छन् ।

प्रतिक्रिया दिनुहोस