निर्वाचन क्षेत्र (ख) मा २७ ओैँ जनयुद्ध दिवश जुम्ला भव्यका साथ मनाईयो

नेकपा माओवादि केन्द्रले जुम्ला क्षेत्र नं. ख मा २७ अौ जनयुद्ध दिवश भव्यका साथ मनाएको छ । नेपालमा जनयुद्ध सुरु भएको ऐतिहासिक दिन फागुन १ गतेलाई जन्म दिनको रुपमा मनाउँदै आएको देखिन्छ ।शोषक ,सामान्ति,अन्याय ,अत्याचार,लुटपाट, दमन , भष्टचार ,जातिय छुवाछूत , लैङ्गकि हिंसा गर्नेहरुको शासनलाई अन्त्य गर्न र गरिबी जनताको मुक्ति ल्याउनको लागि जनताबाट युद्ध सुरु भएको दिन हो ।

जतन्त्रलाई हटाएर लोकतन्त्र ,गणतन्त्र ल्याउनको लागि देशका भरौटेहरुसँग लडाई सुरु गरेको महत्त्वपूर्ण दिन भएको कनकासुन्दरी गाउँ पालिका माओवादि केन्द्र इन्चार्ज सुर्यमर्णि हमाले बताए । उनका अनुसार कनका सुन्दरी गाउँ पालिका माओवादि केन्द्रले गोटिज्युला बजारमा नेता कार्यकर्ताहरले जनयुद्ध दिवश मनाएको हमालले बताए ।

नेपाली जनताको वर्गीय ,जातिय, क्षेत्रीय र लैङ्गकि मुक्तिका खातिर नेपाल कम्युनिस्ट पार्टी माओवादिको नेतृत्वमा २०५२ साल फागुन १ देखि सञ्चालित महान जनयुद्धमा भुमिगत भई संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने १५० जना व्यक्तिलाई समान पत्र दिएको माओवादि केन्द्र सिजा गाउँ पालिका इन्चार्ज पु्र्ण प्रसाद धितालले बताए ।

धितालका अनुसार सिजा गाउँ पालिकामा बाजागाजा सहित २७ अौं जनयुद्ध दिवश भव्यका साथ मनायको इन्चार्जले बताउनु भयो । प्रत्येक वडाका पाटि कार्यलयमा जनयुद्ध दिवस मनाएको तिला गाउँ पालिका इन्चार्ज मोतिलाल रोकायाले बताए ।
फागुन ६ गते पालिका स्तरीय जनयुद्ध दिवश मनाउने तिला गाउँ पालिका माओवादि केन्द्रले जनाएको छ ।

५०० सय भन्दा बढिको सङ्ख्यामा पार्टीका नेता कार्य कर्ताको उपस्थितिमा बाजागाजामा भव्य सभ्यका साथ जनयुद्ध दिवश मनाएको हिमा गाउँ पालिका माओवादि केन्द्र इन्चार्ज लक्ष्मि बुढाले बताइन । उनका अनुसार पाटि कार्यलय बाँजागाडामा पुर्व कर्णाली प्रदेश कानुन मन्त्री नरेश भण्डारीले उत्घाटन गरेको बढाले बताइन ।

जनयुद्धको उपलब्धि जुम्लि जनताले पाइसकेका छन ।कर्णाली स्वास्थ्य विज्ञान प्रर्तिष्ठान , सिजा सभ्यता विधेयक , ससस्त्र प्रहरि तालिम केन्द्र लगायतका विकासले भरिपुर्ण भएको माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले बताए । भण्डारीले हिमा गाउँ पालिका जनयुद्धमा भुमिगत भएका ३०० जनालाई सम्मान प्रत्र हस्तान्तरण गर्नु भयो । र युद्धमा सहिद भएका लाई हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै घाइतेहरुको सिग्र स्वास्थ्य लाभको कामना गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस