सर्वोच्चको वेबसाइटबाट हटाइयो गोपाल पराजुलीको नाम


काठमाडौं । सर्वोच्च अदालतको वेबसाइटबाट पदमुक्त घोषणा गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीको तस्बिर हटाइएको छ। वेबसाइटको होमपेजमा उनको तस्बिर राखिएको ठाउँमा कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको तस्बिर राखिएको छ।

कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार मुददाको दैनिक पेसी र इजलास तोकेसँगै पराजुलीको तस्बिर झिकेर उक्त ठाउँमा जोशीको विवरण राखिएको हो।

होमपेजबाट पराजुलीको तस्बिर हटाइए पनि भित्र भने अहिले पनि प्रधान न्यायाधीशमा पराजुलीकै नाम तथा तस्बिर राखिएको छ।

बिहीबार न्यायपरिषद्का सचिवले पराजुली पदमुक्त भइसकेको पत्र जारी गरेका थिए।

तपाईको प्रतिक्रिया