“आफ्नो गाउँ आफै बनाउ” अभियानमा जुम्ला, जर्मीगाउँका युवाजमात


सागर परियार

जुम्ला तातोपानी गाउँपालिका २ जर्मी गाउँका युवा गाउँ बनाउ अभियानमा जुटेका छन् । गाउँमा हुने विभिन्न विकृति विसंगतीलाई हटाई समृद्ध समाज निमार्ण गर्ने सकल्पका साथ गाउँ बनाउन अभियानमा जुटेका हुन । युवाहरुले जर्मीको समृद्धीका लागि योजना बद्धरुपमा काम गर्ने पन बताएका छन् । गाउँमा हुने विकास निमार्णका काम देखि गाउँघर सरसफाई, जुवाताज अन्त्य संगै तातोपानी धाराको उचित व्यवस्थापमा युवा जुटेको सम्बेदनशिल युवा एकता तथा समाज सुधार समितिका अध्यक्ष लाल बहादुर बुढाले बताए ।

उनका अनुसार गाउँमा आउने आयोजनाको निमार्ण देखि सकिन्जेल सम्म युवाहरुले निगरानी गर्नेछन् । भने प्रत्यक .योजनामा युवा सहभागितालाई जोड दिदै आएको अध्यक्ष बुढाको भनाई छ । युवाहरुको योजना अनुसार पहिलो दिन गएको शनिवार गाउँघर सरसफाई कार्यक्रम गरेको सल्लाहकार अर्जुन बुढाले बताए ।

विगत दुई वर्ष पहिले खानेपानी आयोजनाको रकम पनि असुली गरी अबको केहि दिनमा सबै उपभोक्तालाई वितरण गरिने पनि उनले जानकारी दिए । युवाहरुको पहलमा जर्मी गाउँका विभिन्न आयोजनाहरुमा हुने अनियमिततालाई अन्त्य गरिने सल्लाहकार धन बहादुर बुढाले बताए । युवाहरु एकजुट भएर समाज रुपमान्तरणमा लाग्नु राम्रो पक्ष हो ।

उनले थपे, यसमा सबै बुद्धिजीवि तथा सरोकारवालाहरुले सहयोग समर्थन गर्नु दायित्व भएको बताइएको छ । गाउँमा बृक्षारोपण, आयोजान अनुगमन, सरसफाई, विभिन्न विषयमा जनचेतना दिने योजना युवा समितिले अघि सारेको सल्लाहकार रुद्रसिंह मल्लको भनाई छ । ढिलो चाडो समाज रुपमान्तरण हुने उनको विश्वास छ ।

गाउँमा आएका लाखौ बजेटका काम समयै भएनभएको बारेमा जानकारी राखी विकास निमार्णमा युवाले अहम भुमिका निर्वाह गर्ने सम्बेदनशिल युवा एकता तथा समाज सुधार समितिका उपाध्यक्ष लालचन्द्र चनाराको कथन छ । प्रत्यक महिनाका चार शनिवारमा कुनै नयाँ काम गर्ने योजना तय भएर अनुसार चैत महिनाको पहिलो शनिवार वृक्षारोपण गरिने उनले जनाए ।

प्रत्यक महिनाको १ गते बैठक बसी आगामी दिनमा गर्ने कामका विषयमा छलफल हुने गरेको सचिव हस्त बुढाले बताए । अब मासिक बचत गर्ने, प्रत्यक आयोजनाबाट केहि प्रतिशत बजेट छुटाउएर सामाजिक कार्यमा लगानी गरिने पनि बताइएको छ । बोल्नु भन्दा पनि गरेर देखाउने समय समय भएकाले युवा समितिले केहि महिनामै जर्मी समृद्धीको खाका तयार गर्ने समितिको दाबी छ ।

एक वर्ष भित्र जर्मी गाउँ समृद्ध बनाउने लक्ष्यका साथ काम भईरहेको छ । युवा समितिले आर्थिक सामाजिक तथा पारर्दशितामा जुटौ सारा, समृद्धी जर्मी गाउँ बनाउने हाम्रो अविभारा भन्ने नाराका साथ काम गरिहहेको छ । समाजको हित हुने कार्यमा सबैलाई सहयोग गर्न पनि अपिल गरिएको छ । राम्रो गर्दा बाधा अड्चनहरु पनि उतिकै हुने भएकाले जस्ता चुनौतीलाई पनि सामाना गरेर गाउँ समृद्धीको अभियान सफल पार्ने समितिको दाबी छ ।

तपाईको प्रतिक्रिया