सेनाको हेलिकोप्टरमै शिशुको जन्म

 


जुम्ला ।  फागुन १७ गते, नेपाली सेनाले गर्भवतिको उद्धार गरेर लिने क्रममा हेलिकोप्टरमै एक शिशुको जन्म भएको छ ।

मुगुबाट सुर्खेत लिदै गरेकी एक आमाले शिशुको जन्म दिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार मुगु जिल्ला खत्याड गाउँपालिका ४ निवासी २० बिर्षिया गर्भवति धनलक्ष्मी रावलले हेरिकोप्टरमै बच्चा जन्माउनु भएको हो ।

सेना दिवसको अवसरमा पश्चिम हवाई वेसक्याम्प सुर्खेत नेपाली सेनाका पाईलट रत्नचन्द्र श्रेष्ठले उद्धार गरेका हुन । हेलिकोप्टरमै बच्चा जन्माएकी ति आमा र शिशुलाई प्रदेश अस्पतालमा पुरयाईएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस