
सागर परियार
सामान्य आर्थिक अबस्था भएका परिवार लाई स्वास्थ्य सेवाको पहुँचमा पुराउन्छ, ५ जना परिवारले वार्षिक २५ सय जम्मा गरे ५० हजार बराबरको स्वास्थ्य सेवा पाउने, प्रतिष्ठानमा भनेकै बेला निशुल्क स्वास्थ्य उपचार पाउने र अरु भन्दा बिमित व्यक्ति सर्वसुलभ सेवा पाउने यी सबै स्वास्थ्य बिमा कार्यक्रमका उद्देश्यहरु हुन । २५ सयले ५० हजारको सेवा पाईने भरम त स्थानियमा फैलियो ।
तर यर्थातमा जुम्लाका नागरिकले भनेझै सेवा पाएका छन् त ? पातारासी गाउँपालिका ७ की चैती बुढाको अनुभव सुनौ, उनलाई बिमा गराउनु पहिले माथि भनिए झै आश्वासन दिइएको थियो । अन्नत चैती बुढा विरामी भएर प्रतिष्ठानमा उचार गराउन आउदा बिमामा तोकिएझै सेवा पाईनन ।
मात्रै सिटामोल हातमा थमाएर कागजभरी लेखी मेडिकल बाट किन्न भनेर पठाएको उनको भनाई छ । स्वास्थ्य वितिलेले पनि किन्नु पर्छ भनेर सोध्दा बिमा कम्पन्नी संग सोध्नु भनेको जवाफ आयो । स्वास्थ्य बिमा समस्याको समधान गर्ला भनेको त सस्तै उपचार गर्ने रैछ स्पष्ट बुझिएको उहाँ जस्तै उपचार गराउन आउनेहरुको अनुभव छ ।
गाउँमा बिमा दर्ता सहयोगीहरुले भनेझै धेरै कुरामा सुविधा पाइने भने पनि आखिर स्वास्थ्य बीमाले बिमितलाई औषधि किन्न पठाउने गरेको समेत बुढाले बताइन् । बिरामी हुँदा उपचार खर्चमा सहज होला भनेर स्वास्थ्य बीमा गरेको थिए तर स्वास्थ्य बीमाले सस्तो औषधि मात्र दिन्छ, महंगो औषधि मेडिकलबाट नै किन्नु पर्छ ।
पातारासीकै सिता बोहोराले भनिन् २५ सय रुपैयाँका बीमावापत ५० हजार सम्मको उपचार पाईने व्यवस्था छ ।
यता चन्दननाथ नगरपालिका ५ की जमुना सुनारले आफ्नो १२ जना परिवारको बिमा ६ हजार रुपैयाँको स्वास्थ्य बीमा गरेकी थिईन । ६ हजार रुपैयाँको बीमा गरेवापत् १ लाख २० हजार सम्मको उपचार खच पाईने भनिएकोमा आफुहरुलाई ठगेको सुनारले गुनोसो गरिन ।
स्वास्थ्य बीमा गरेवापत् हामी स्वास्थ्य बिमितले पाउनु पर्ने सुविधा दिनुहोस् भन्दा स्वास्थ्य बीमाको कम्पनीमा जानु भने गरेको पनि बिमित सुनारले सुनाइन् । स्वास्थ्य बीमाले जुम्लाका सोझा जनतालाई सिधै ठगेको आरोप छ ।
बिमितहरुले सर्वसुलभ उपचार पाउने, ९ सय २८ प्रकारको औषधि पाउने भनिए पनि सिटामोल बाहेक अरु किन्दा मेडिकल पठाउने गरेको छ । बिमा एजेण्टहरूले आफ्नो फाइदाका लागि स्वास्थ्य बीमा गरेको समेत गुनासो गरेका हुन् ।
बिमित विरामीहरु उपचार गराउन आउदा निशुल्क सेवा पाउने भन्दै मख्ख आएकाहरु पनि पछि मंहगो औषधी किनेर फर्किने गरेको पाइएको छ । बिमित बिरामीहरुले उपचार गराउन आउदा धेरै आशा गर्नु पनि उपयुक्त होईन प्रतिष्ठानका मेडिकल डाईरेक्टर मिनराज बुढाले भने, खाद्यन्न समयमै नपाउने कर्णालीमा औषधि कहाँ समयमा नै पु¥याउन सकिन्छ भन्ने गैर जिम्मेवार जवाफ दिएको अधिंकाश वितिमको गुनासो छ ।
कतिपय औषधि बीमा कार्ड भित्र पनि नपर्न सक्छ त्यसले गर्दा मेडिकलबाट किन्नु पर्ने हुन्छ, यसलाई बिमितले स्वास्थ्य सुविधा र उपचार खर्च दिएको डाक्टर बुढाले भने । जुम्लामा सबै बिमितहरुले यस्तै गुनासो आफुलाई सुनाउने गरेका छन् । तर विमा भित्र नपर्ने औषधीहरु मात्रै बाहिर पठाउने गरेको बताए । स्वास्थ्य विमाका जिल्ला प्रबन्धक पे्रमकुमार भण्डारीका अनुसार अहिले सम्म भएमा जुम्लाका साढे ११ हजार नागरिक बिमित भएका छन् । बिमामा तोकेको बमोजिम औषधी उपचार नपाएको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको छ ।
प्रतिष्ठान संग बसेर यस विषयमा निक्र्यौल निकालीने बताइएको छ । यो समस्या समधानका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताले आफै फारमेसी संचालन गर्न आबश्यक रहेको प्रतिष्ठानका रेक्टर विश्वराज काफल्ले जनाए । उनका अनुसार अबको एक महिनामै आफ्नै फारमेसी संचालन हुने छ ।