सनिगाउँमा स्थायी प्रहरी चौकी स्थापना

जुम्ला ।साविककाे शनिगाउँ गाउँ विकास समिति हालकाे सिजा गाउँ पालिकाकाे वडा नम्बर ५ काे फाेइचाौरमा स्थायी प्रहरी चौकि स्थापना भएकाे छ ।

भौगोलिक रुपमा सिजाकाे बिकट बस्तीमा रहेकाे सिजा ५ र ६ नम्बर वडामा घरेलु हिँङ्सा ,दुर्व्यवहार कुटपिट, बहुविवाह चाेरि लगायतका घटनाहरु हुने भएकाले प्रहरी चौकीकाे माग गरेकाे वडा नम्बर ५ का वडा अध्यक्ष मुन रावतले बताए ।

उनका अनुसार वडा नम्बर ५ र ६ नम्बर वडामा पाँच वटा गाउँ रहेकाे बस्ति छ ।

केश पर्दा ईलाका प्रहरी चौकि नराकाेटमा २/३ घण्टा लाएर जानू पर्ने अब घर नजिकै सुरक्षा भयकाेले यहाँका जनताकाे शान्ति सुरक्षा मजबुद हुने रावतले बताए ।

विकृति विसंगति हटाउनकाे लागि प्रहरीकाे महत्त्वपूर्ण भुमिका रहन्छ । तर यहाँको समाजले हामीलाई साथदिनु पर्ने हुन्छ डियसपि नरेन्द्र चन्दले बताए ।

हल्दार नरिमान कठायतकाे कमानमा पाँच जनालाई नराकाेट प्रहरी चाौकि (ख) स्थायी सिजाकाे फाेइचौरमा राखेकाे चन्दले बताए ।
जहाँ सुरक्षा राम्रो हुन्छ त्यहाँ प्रर्यटकहरु बास बस्न मन पराउछन सिडियाे विजय कुमारि प्रसाईले बताइन ।

समाजमा घटेका घटनाहरु जिल्लामा नअायर यतै प्रहरी चौकिमा समाधान गरेमा जिल्लामा घटनाका केसहरु कम अायाेस र सुरक्षा राम्रो हाेस प्रसाइले बताइन ।

चाेरिका घटना ,झैझगडाका केस , महिला हिङ्सा , जाँड रक्सि खाएर क्षिमतिलाई घरमा कुटपिट र समाजमा विकृति फैलाउने धेरै भयकाले अब सुरक्षा नजिक भयमा डरायर शनिगाउँमा केश कम हुने वडा नम्बर ६ का वडा अध्यक्ष काली वहादुर बुढाले बताए ।
साविकाे शनि गाउँ गाउँ विकास समितिलाई समेटेर प्रहरी चौकि राखेकाे बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस