कनकासुन्दरीमा खानेपानीको गुणस्तर परिक्षण

Open photo

सिँजा । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा विश्व खानेपानी दिवसको अवसरमा ८ ओटा खाने पानीको वाक टेक कीट मेसियनबाट परिक्षण गरिएको छ । युनिसेफ नेपालीको समन्वय र कनकासुन्दरीको गाउँपालिकाको आयोजनामा विश्व खानेपानी दिवस मनाएको कनकासुन्दरी पालिकाले जनाएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्मालय मालिका वोता , कनका सुन्दरी गाउँपालिका, गोठिज्युला बजार खाने पानी ,लिडिमेला खानेपानी, कनका ७ हाड सिँजा आधारभुत विद्मालय खानेपानी , लुड्कु खानेपानी , भट्ट भण्डारीवाडा खानेपानी र रोकायावाडा खानेपानीको परिक्षण गरियको युनिसेफ नेपाल सह परिचालक मुकुन्द रावलले बताए । रावलका अनुसार परिक्षण गरेको १८ घण्टा पछि यसको नतिजा आउने बताउनु भयो ।

परिक्षण गरेको खानेपानिको नजिजा भने पहेंलो रङ्गको आएमा पानी खान नमिल्ने र अरु जुनसुकै रङ्गको आएमा खान मिल्ने रावलले बताए । कनकासुन्दरीमा जनतामा फिल्टर प्रयोग नभकाले जनतालाई कसरी शुद्ध खानेपानी खुवाउने लक्ष्यले यो विश्व खानेपानी दिवसको बेला खानेपानी परिक्षण गर्न लागेको पालिका अध्यक्ष नरविर रावतले बताए । मानिसहरुले घरघरै धारा राखेका छन् तर यसको परिक्षण नभएर दुसित पानी खाएका छन पालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।

उनका अनुसार,“यो परिक्षरणले गर्दा जनमासमा डर छाएको छ अर्कोतर्फ खुसि पनि भएका छन । हाम्रो खानेपानीको नतिजा के आउछ भनेर खानेपानी सेवायीहरु पर्खाइमा रहेको भण्डारीले बताइन् ।” मानव जिवनमा नभै नहुने महत्वपूर्ण श्रोत पानी नै भएकोले अब खानेपानी परिक्षण गरेर मात्र खाने रावतले बताए ।

प्रतिक्रिया दिनुहोस