जुम्लामा सवारी कारबाहीबाट १६ लाख राजश्व उठ्यो,ट्राफिक सचेतना अभियान चलाईने

जुम्ला ।  जुम्लामा सवारी कारबाहिबाट साढे १६ लाख बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा जिल्ला ट्राफिक कार्यालय जुम्लाले १६ लाख ५१ हजार ५ सय राजश्व संकलन गरेको हो ।

ट्राफिक नियम पालना नगरी चलाउने १ हजार ७ सय ३५ वटा सवारी कारबाहीबाट १६ साढे १६ लाख बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान पवन कुमार शाहीले बताउनुभयो ।

उहाँका चालु आवको आठ महिनामा १७ सय ३५ वटा सवारी कारबाहीमा परेका छन् । जसमा सबैभन्दा बढी ७ सय ६१ वटा मोटरसाईल कारबाहिमा परेका छन् । भने,मालबाहक ट्रक १ सय २३,बस १ सय ३८,जीप २ सय १,ट्याक्टर १ सय ११, र अटो ४ सय १ गरी १७ सयबढी सवारी कारबाहिमा परेको प्रहरी जवान शाहीले जानकारी दिनुभयो ।

जुम्लामा सवारीको चाप बढ्दै गएको छ । क्षामता भन्दा बढी सवारी बोक्ने सवारी अनुमति पत्र बिनै सवारी चलाउने लगायतका कारणले जुम्लामा सवारी कारबाही बढेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख कमल खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो,“झण्डै १७ सय बढी सवारी कारबाहिमा परेका छन् । त्यस मध्य मोटरसाईकल र अटो बढी छन् । विगत चार वर्षदेखि जुम्लामा लाईसेन्स वितरण नखोल्दा बाइक र अटो बढी कारबाहीमा परेका हुन् । बल्ल लाइसेन्स वितरण खुलेको छ । अब सहज हुन्छ ।”

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नभएकोले आम नगारिकको सहयोग आबश्यक पर्ने प्रमुख खड्कको भनाई छ । सिमित स्रोत साधन र जनशक्तिका बीच पनि जुम्लाको ट्राफिक व्यवस्थापनका कामलाई प्रभावकारीब बनाउने प्रयास गरिएको जनाइएको छ ।

आगामी दिनमा जिल्लाका विद्यालय गाउँ टोल सडकमै चालक,विद्यार्थी,स्थानीय नागरिकका बीच ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिने समेत ट्राफिक प्रमुख खड्काले बताउनुभयो ।

कर्णाली प्रदेशको सुर्खेतपछि जुम्लामा सवारी चाप बढ्दै गएकोले व्यवस्थापमा चुनौती रहेपनि नियम अनुसार काम अघि बढाइने छ ।
सधै नियमन र जरिवाना गरेर मात्र समस्याको समधान नहुने भन्दै चालकहरु स्वयम जिम्मेवार भएर निमय अनुसार सवारी चलाउन ट्राफिक प्रहरी जवान मिन भण्डारीको अुरोध छ ।                          चालकहरुकाे मनपरी नागरिककाे चेतनाकाे अभावले पनि ट्राफिक नियम पालाना चुनाैती देखिएका छन् । तथापी प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आफुहरु खटिने जवान भण्डारीकाे भनाई छ ।

ट्राफिक व्यवस्था सबै मिलेर मात्रै प्रभावकारी हुने भएकोले ट्राफिक नियम पालना गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस