जुम्लामा ब्राउन सुगर सहित एक जना पक्राउ

जुम्ला । लागु औषध (ब्राउन सुगर) सहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जुम्ला चन्दननाथ नगरपालिका वडा नं. २ निवासी वर्ष १८ को धर्मेन्द्र भण्डारीलाइ ब्राउन सुगर सहित शुक्रबार पक्राउ गरिएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

भण्डारीको घरमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले नीज भण्डारीको शरिर र घर खानतलास गर्दा घरको माथिल्लो तलामा कापीको बीचमा पुरिया बनाइ ब्राउन सुगर राखेको भेटिएको हो ।

त्यस्तै, भण्डारी सुत्ने सोही कोठाको भित्तामा सिल्भर रंगको जलेको अबस्थामा टिलटिले कागजको तीन वटा टुक्रा फेला पारी रितपुर्वक बरामद गरी निज धर्मेन्द्र भण्डारीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी चन्दले जानकारी दिनुभययो ।

सडकको विकास संगै पछिल्लो समय लागु औषध दुव्र्यसनीको प्रयोग बढ्दै गएकोले प्रहरीले १५ देखि २० वर्ष सम्मका युवायुवतीमा निगरानी बढाएको छ ।

नीज धर्मेन्द्रको घरमा लागु औषध प्रयोग तथा कारोबार भईरहेको चैत ६ गते सूचना प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस