म्याद नाघेको ट्याङजुस खादा हिमाली बोडिङ स्कूलका विद्यार्थी विरामी


जुम्ला ः जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा विद्यार्थी विरामी परेका हुन् ।
यहाँका गाउँघरतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य बस्तु बढी पाइने गरेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भएपनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाईदैन । जसले गर्दा सहजै रुपमा नागरिकको भान्सामा अखाद्य बस्तु पुग्ने गरेको छ ।
हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उनले भने पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ ।
२६० मध्ये २५ जना विद्यार्थी विरामी भए । विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए । उनले भने बुधबारदेखि आउदो आइतबारसम्म विद्यालय वन्द गरेका छौँ । स्कूल नजिकैको कोभिड अस्पतालमा लिएर औषधि खुवाएपछि अहिले अवस्था सामान्य भएको छ । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेका छौँ । पारी परीक्षण गरेपछि मात्रै विद्यालय खोल्ने तयारी गरेका छौँ ।
म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी विरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए । उनले भने औषधि खुवाएपछि अवस्था सामान्य भएको छ । पानी, घामले पनि यस्तो समस्या देखिएको हुन सक्छ । अहिले स्वास्थ्य चौकीमा पेट दुख्ने र टाउको दुख्ने विरामी बढी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस